एन–प्याब्सन खेलकुद महोत्सव जारी

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८१
npabsan continue Main

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.31851852, 0.77152777); modeInfo: ; sceneMode: 8; cct_value: 5700; AI_Scene: (-1, -1); aec_lux: 139.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 27;

पोखरा । १४ औं एन–प्याब्सन खेलकुद महोत्सवअन्तर्गत आइतबार छात्रछात्र फुटबल, छात्रछात्र बास्केटबल, क्रिकेट प्रतियोगिता भए ।

छात्र फुटबलतर्फ गण्डकी एकेडेमीले वीरेन्द्र मेमोरियल बोर्डिङलाई ४–१ गोलअन्तरले हरायो । फेवा बोर्डिङले कान्तिपुर एकेडेमीलाई १–०, पुष्पसदन एकेडेमीले साइनिङ स्टारलाई टाइब्रेकरमा ४–३, एलपि देवकोटा मेमोरियलले मर्निङ ग्लोरी एकेडेमीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरे ।

यस्तै, त्रिवेणी पब्लिकले ओम एकेडेमीलाई ५–१, कास्की मोडनइज्डले ज्ञानज्योति विद्याकुञ्जलाई २–०, नेशनल क्रियशनले इमानुयललाई ३–० र युनिभर्स इङ्लिस बोर्डिङले सिद्धि विनायकलाई ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले बतँए ।

छात्रा फुटबलतर्फ लिटल फ्लावर एजुकेशन एकेडेमीले लेवन रेसिडेन्सियललाई २–० ले पराजित गर्दा सनराइज प्रिपेटोरीले गण्डकी एकेडेमीलाई १–० ले पराजित ग¥यो । वड्स एकेडेमीले चिल्ड्रेन एकेडेमीलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दा युनिभर्स इङलिसले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १–० ले पराजित ग¥यो ।

यसैगरी, हेमजा बोर्डिङले नेशनल क्रियशनलाई ७–० ले पराजित गर्दा सनराइज प्रिपेटोरीले लिटल फ्लावर एजुकेशनलाई टाइब्रेकरमा १–० ले हरायो । कास्की मोडनाईज्ड एकेडेमीले बड्स एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो ।

छात्र बास्केटबलतर्फ कास्की मोडनाइज्डले साइनिङ स्टारलाई ३४–१८ ले पराजित गर्दा सिद्धार्थ लवडेलले हेमजा बोर्डिङलाई ६–४ ले पराजित ग¥यो ।

युनिभर्स बोर्डिङले गोर्खा इङ्लिस बोर्डिङलाई २९–१८ ले पराजित गर्दा न्यू ग्यालेक्सीले ३२–१८ ले पराजित ग¥यो । त्रिवेणी पब्लिकले कास्की मोडनाईज्डलाई ४०–३० ले पराजित गर्दा न्यू ग्यालेक्सीले लिटल फ्लावर एजुकेशनलाई ३४–२९ ले पराजित ग¥यो ।

दश जोड दुई छात्र बास्केटबलतर्फ कास्की मोडनाइज्डले साइनिङ स्टारलाई ३९–२० ले पराजित गर्दा श्री रत्नज्योति माविले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १८–८ ले पराजित गरेको बास्केटबल संयोजक वेदकुमार श्रेष्ठले बताए ।

क्रिकेटतर्फ चिल्ड्रेन एकेडेमीले न्यू ग्यालेक्सीलाई ६ विकेट र लिटल फ्लावर एजुकेशनले मर्निङ ग्लोरीलाई ४४ रनले पराजित गरे । कास्की मोडनाईज्डले हेमजा बोर्डिङलाई ५ विकेटले पराजित गरेको क्रिकेट संयोजक रमेशराज पौडेलले बताए ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् । प्रतियोगिताको २५ मंसिरमा पोखरा रंगशालामा औपचारिक समारोहबीच समुद्घाटन गरिने आयोजक एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width