पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं कार्यकारिणी परिषद्को बैठकबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसन अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यापालिकाको पुनर्संरचनाको एजेण्डा विषयमा बैठकमा विस्तृत छलफल गरिने बताए ।
सर्वोच्च अदालतले ल्याएको नियमावलीमा गैरसंवैधानिक संशोधनविरुद्ध एसोसिएसनको आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने घिमिरेले बताए ।
उनले उक्त एजेण्डालाई एसोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनबाट घोषणा गरी गत जेठमा पास गरेको र अब कार्यान्वयन चरणमा रहेको उल्लेख गरे । उनले आफूले चोहका मानिस टपक्क टिपेर माथिल्लो न्यायाधीशमा नियुक्त गर्ने व्यवसथा गरिएकाका कारण न्यायिकजगत्मा असन्तुष्टि रहेको बताए ।
पोखरामा २ दिनसम्म चल्ने एसोसिएसनको ५० औं कार्यकारिणी परिषद्को बैठकमा देशभरबाट करिब १ हजार भन्दा बढी कानून व्यवसायीले भाग लिने बताइएको छ । सो अवसरमा नेपाल बार एसोसिएसनद्वारा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) अवसरमा प्रत्येक वर्ष हुँदै आएको मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी समेत हुनेछ
पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने बैठकपूर्व सोमबार बिहान साढे ७ बजे प्रभातफेरी हुनेछ । दोस्रो दिन मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी हुने बार एसोसिएसन महासचिव अन्जिता खनालले पत्रकार सम्मेलनमा बताइन् । गोष्ठीमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थिति हुनेछ ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१