आँगन सहकारीको पाँचौं साधारणसभा

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८१
AAgan Sahakari1

पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा वनभोजसहित आयोजित सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व जनप्रतिनिधिहरू पसबहादुर बास्तोला, कृष्णकुमारी गुरुङ, सहकारीकर्मी दीपकराम सुवेदी, गौडामुख टोल विकास संस्थाका अध्यक्ष मनकाजी गुरुङ, संस्थाका निवर्तमान उपाध्यक्ष डिकबहादुर राई ‘डिबी’, बाबुराम सापकोटा, सुरेन्द्र परियार लगायतले सहकारीले स–साना पुँजीको संकलन गरी शेयर सदस्यहरूको मागअनुसार उचित स्थानमा लगानी गर्नुपर्नेमा जोड दिए । साथै मुलुकको अर्थतन्त्र चलायमान गराउँदै आफ्ना शेयर सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बाटोमा सहकारीहरू अग्रसर हुनु पर्ने उनीहरूले बताए ।

साधारणसभाले संस्थाका सचिव विष्णुमाया गुरुङद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष मधुसुदन देवकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शिव प्रसाद शर्माद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । २०७७ सालमा स्थापित सो सहकारीमा हाल ६ सय ९० जना शेयर सदस्य छन् ।

यसैबीच, गत वर्षको एसइईमा उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीमध्येबाट सौगात अधिकारी र मनीषा गुरुङ, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य पूर्णबहादुर गुरुङ, उत्कृष्ट बचतमा प्रकाशरमण अधिकारी र उत्कृष्ट कर्मचारी मनीषा पौडेललाई पनि सम्मान गरिएको छ । संस्थाका अध्यक्ष पूर्ण लामाको अध्यक्षतामा भएको सभामा स्वागत उपाध्यक्ष प्रेमबहादुर भुजेल र सञ्चालन सचिव विष्णुमाया गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा…
  • प्राडा पाठकको पदभार

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना…
  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…

hero news full width