निःशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८१
sibir hemja

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग सम्बन्धित विभिन्न रोगहरुको परीक्षण गरिएको थियो । सो अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ । शिविरबाट विशेषगरी हेमजा साथै छिमेकी गाउँपालिकाका गरी २ सयभन्दा बढी नागरिकले प्रत्यक्ष स्वास्थ्यलाभ लिए ।

पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले रोग लुकाउन नहुने बताए । उनले समय समयमा स्वास्थ्य परीक्षण नगर्दा जटिल दीर्घ रोग लाग्न सक्ने भन्दै सचेत गराए । तिम्सिनाले वडाले गत वर्षदेखि सञ्चालन गरेको वडा नागरिक आरोग्य कार्यक्रम निकै प्रभावकारी भएको हुँदा यस वर्ष पनि निरन्तरता दिने उल्लेख गरे ।

गोरीशंकर माविमा गौरीशंकर आमा समूहको सहजीकरणमा भएकोे कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेलले गरेका थिए । स्वागत गौरीशंकर आमा समूहका अध्यक्ष उमा भूर्तेल पौडेल र संचालन आमा समूह उपाध्यक्ष लक्ष्मी आर्चाय पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा…
  • प्राडा पाठकको पदभार

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना…
  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • सहारालाई गिनिजको सहयोग

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड…

hero news full width