पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीमा आर्थिक सुशासन कायम रहेको बताए । उनले सबै सुविधा प्रदान गरेको सयपत्री सहकारीबाट नियमित आर्थिक कारोबार गर्न सेयर सदस्यलाई आग्रह गरे । वार्षिकरुपमा उत्कृष्ट आर्थिक कारोबार गर्ने सेयर सदस्यबाट सम्मानितसमेत भएका प्रमुख अतिथि कर्माचार्यले विश्वासलाई कायम राख्नु पर्ने बताएका उनले पछिल्लो समय सहकारीहरुमा देखिएको राष्ट्रिय समस्या नआउने बताए ।
सहकारीका प्रमुख सल्लाहकार रवीन्द्रनाथ बास्तोलाले प्रविधिमैत्री बनेको सहकारीले अर्ब भन्दा बढी कारोबार गरेर वित्तीय अनुशासन देखाएको बताए । कार्यक्रममा सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’, उपाध्यक्ष धर्मप्रसाद बास्तोला, सचिव वसन्तराज कोइराला, कोषाध्यक्ष नारायण बास्तोला, लेखा समितिका संयोजक दिपकप्रसाद घिमिरे, पोखरा महानगरपालिका सहकारी अनुसन्धान समितिका दीपकप्रकाश आचार्य लगायतले सहकारीको गतिविधि गुणात्मक तथा आर्थिक अनुशासनमा हुनुपर्ने बताएका थिए ।
साधारणसभा संस्थाका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको हो ।
पोखरा ११, रानीपौवास्थित सहकारीले आफ्नै भवनबाट कारोबार गर्दै आएको छ । सहकारीमा ५ हजार ८ सय जना सेयर सदस्य छन् ।
कुल बासलात १ अर्ब ८७ करोड रहेको सहकारीमा १६ करोड ४७ लाख सेयर पुँजी रहेको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए । १ अर्ब २६ करोड निक्षेप संकलन रहेको सयपत्री सहकारीले १ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । जगेडा कोषमा १३ करोड ४६ लाख रहेको अवस्थामा २३ करोड ७५ लाख तरलता रहेको सहकारीले जनाएको छ । ५ करोड ६५ लाख स्थिर सम्पती रहेको सहकारीले गत १६ गतेदेखि प्रतिनिधिमूलक साधारण सभाको आयोजना गरेको थियो ।
संस्थाले उत्कृष्ट कारोबार गर्ने प्रेमप्रसाद कर्माचार्य, शान्तिदेवी पालिखे, विमल केसी, इश्वर कार्की, जगन्नाथ बास्तोला, शिवलाल रिमाल, अजय थापा, विक्रमप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, हरिश्चन्द्र मन्जित, हरिप्रसाद तिमिल्सिना र नौमाया गुरुङसेनीलाई सम्मान गरेको छ । सहकारीले कार्यरत् १४ जना कर्मचारीमध्ये वर्ष उत्कृष्ट कर्मचारीमा अनुपमा श्रेष्ठलाई सम्मान गरेको छ । सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी अनमोल थापा, सरिना बास्तोला र कृष्मा गौतमलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
प्राडा पाठकको पदभार
नागीधार महोत्सव तयारी पूरा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१