पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति डा. कविन्द्र सापकोटाले उद्घाटन गरे ।
कार्यक्रममा सापकोटा कल्याण केन्द्र गण्डकीका संयोजक बुद्धिसागर सापकोटा, गण्डकी सचिव टीकाराम सापकोटा, कास्कीका संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, मादी गाउँपालिका ४ का अध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा १४ का वडा सदस्य गोपाल सापकोटा, तारकाङ पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटा, सापकोटा कुल मन्दिर समितिका अध्यक्ष झपटबहादुर सापकोटा लगायतले संस्थाले आर्थिक उन्नति र व्यक्तित्व विकासका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, ८४ वर्ष काटेका ३ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको छ । कल्याण केन्द्रका आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र कार्यक्रमबीच वितरण गरिएको थियो ।
केन्द्रका अध्यक्ष यमनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सभा तयारी समिति संयोजक सत्यराज सापकोटाले स्वागत गरेका थिए । सभाले कोषाध्यक्ष कोपिला सापकोटा र अध्यक्ष यमनाथ सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सभापश्चात् भूगोलका आधारमा १० जना केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन भए । मादी गाउँपालिकाबाट टंकप्रसाद सापकोटा, बुद्धिसागर सापकोटा, छविकान्त सापकोटा र कल्पना सापकोटा चयन भए ।
हेमजाबाट जिल्ला सल्लाहकार मनोरथ सापकोटा, अरूणबहादुर सापकोटा र सुरेश सापकोटा छन् । अन्नपूर्णका नन्दकली सापकोटा, रूपा÷खुदीबाट नवराज सापकोटा र बद्रीका सापकोटा छन् । रिक्त ३ जना जिल्ला प्रतिनिधि पछि चयन गरिने सभा तयारी समिति संयिजक सत्यराज आपकोटाले जानकारी दिए । उनका अनुसार जिल्ला समितिमा १ सय ३० जना आजीवन सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१