पूर्व कर्मचारी सहकारीको साधारण सभा

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८१
Purba Karmachari

पोखरा । पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखरा–७, रत्नचोकको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको संस्थाका संरक्षक गिरधारी सुवेदीले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा प्रमुख आमन्त्रित सुवेदीले सहकारीको मूल्य, मान्यता र नियमानुसार चल्दा संस्थाका सबै सेयर सदस्यको हकहित संरक्षण हुने बताए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन र कार्य योजना प्रस्तुत गर्दै सहकारी क्षेत्रमा देखिएका विकृति विसंगतिहरु आफ्नो संस्थामा आउन नदिन सञ्चालक समिति सचेत रहेको बताए ।

सभामा गत आव २०८०÷८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव शेखरनाथ लामिछानेले विगतका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु गरिने जानकारी दिए ।

कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक चन्द्रकान्त पौडेलले संस्थामा सेयर सदस्य ३ सय १६ रहेको बताए । उनका अनुसार सेयर पूँजी १ करोड ८४ लाख ९ हजार र कुल बचत तथा २ करोड ४२ लाख ९० हजार पुगेको छ । यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक शुकदेव बरालले प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष प्रेमप्रसाद ढकालले स्वागत र व्यवस्थापक चन्द्रकान्त पौडेल सञ्चालन गरेका थिए ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघ कास्कीका लेखा सुपरीवेक्षण संयोजक केशव ढकाल, संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद भण्डारी, पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठ, सल्लाहकार पिताम्बर बराल, सेयर सदस्य खगेन्द्रदेवी घिमिरे र अनन्तराज लम्सालले मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width