एनप्याब्सन खेलकुद महोत्सव जारी

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८१
NPBASON

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; module: advanced; hw-remosaic: false; touch: (0.7685185, 0.11180556); modeInfo: ; sceneMode: 0; cct_value: 5400; AI_Scene: (-1, -1); aec_lux: 125.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 29;

पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी कविता घर्ती क्षत्री प्रथम भएका छन् ।

गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका हुन् । छात्रतर्फ अक्सफोर्डका ईश्वर ढकाल दोस्रो, न्यू लेखनाथ पब्लिकका अजय कार्की तेस्रोे, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम भुजेल चौंथो र फेवा बोर्डिङ स्कुलका जोगबहादुर गुरुङ पाँचौं भए ।

छात्रातर्फ कास्की मोडनाईज्ड एकेडेमीकी शीतल भण्डारी दोस्रोे, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओम माया गुरुङ तेस्रोे, लेभन रेसिडेन्सियलकी युकिना भारी चौथो र अल्फा एकेडेमीकी कृष्ण तिवारी पाँचौं भइन् ।

शिक्षक–शिक्षिकातर्फ भएको ५ किमी सडक दौडमा शिक्षकतर्फ हेमजा बोर्डिङ स्कुलका धीरन घर्तीमगर प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरीका विवेक श्रेष्ठ दोस्रो, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा तेस्रो भए ।

शिक्षिकातर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ प्रथम, हेमजा बोर्डिङकी प्रतिक्षा सुवेदी दोस्रो र कान्तिपुर एकेडेमीकी दीक्षा शाही तेस्रो भए ।

सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सडक दौड पोखरा रंगशालाबाट सुरु भई विभिन्न भाग परिक्रमा गरी पृथ्वीचोक हुँदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले दिए । विजेतालाई समापनका दिन पुरस्कार प्रदान गरिने छ ।

शनिबार नै भएको छात्र फुटबलतर्फ सनराइज प्रिपेटरी डायमण्ड मोडेललाई १–० ले पराजित गर्दा सिद्धिविनायक बोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित ग¥यो ।

युनिभर्स इङलिस बोर्डिङ स्कुलले बागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दा नेशनल क्रियशन एकेडेमीले हिल साइड इङ्लिस सेकेण्डरीलाई ७–० ले पराजित ग¥यो ।

फेवा बोर्डिङ स्कुल श्री रत्नज्योति माविलाई ३–० ले पराजित गर्दा साइनिङ स्टार बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई ३–१ ले पराजित गर्‍यो । मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

छात्रतर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित ग¥यो ।

मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली बोर्डिङ स्कुललाई ६ विकेट, हेमजा बोर्डिङ ज्ञानज्योति विद्याकुञ्ज ५ रनले पराजित ग¥यो । शनिबार पहिलो क्वाटरफाइनल खेल त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ ।

आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा बोर्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमीबीच क्वाटर फाइनलका गेम हुने क्रिकेट संयोजक रमेशराज पौडेलले बताए ।

शनिबार छात्र सेभेन ए साइड फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक बोर्डिङ स्कूललाई २–० ले पराजित ग¥यो । युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबे्रकर ३–२ ले पराजित गर्दा न्यून लेखनाथ पब्लिक एकेडेमीले वागमार एकेडेमीलाई टाइबे्रकरमा २–१ ले पराजित ग¥यो । नेशनल क्रियशन एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित गरेको छात्रा सेभन ए साइड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिए ।

१४ आंै नेशनल प्याब्सन खेलकुद महोत्सव २५ मंसिरमा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले औपचारिक उद्घाटन गर्नेछन् । अनौपचारिक रुपमा छात्रतर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साइड फुटबल प्रतियोगिता र छात्रछात्रा बास्केटल प्रतियोगिता भएको एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । खेलकुद महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय खेलाडीले भाग लिएका छन् । खेलकुद महोत्सवमा ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् । उनीहरु २ सय ५१ स्वर्ण, २ सय ५१ रजत र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width