पोखरा । पोखरा–१५, ढुंगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्घाटन गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्घाटन गरिएको हो ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको उद्याटन गरेका हुन् । मन्दिर ६ महिना पहिला शिलान्यास गरिएको थियो ।
शनिबार नै शवदहनस्थल (सेती नदी) जाने बाटो (सिँढी) को पनि शिलान्यास गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका लागि गोरेटो बाटो भए पनि व्यवस्थित नहँुदा शवदहनको लागि आवतजावत गर्न असहज हुने गरेको छ । बाटोको ज्येष्ठ नागरिक सीता ढकाल, पार्वती ढकाल र सुशीला थापाले संयुक्त रुपमा शिलान्यास गरे । नदीसम्म पुग्न १ सय ८ सिँढी निर्माण हुने यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
उद्घाटन भएको शिव मन्दिर प्रवेश गर्ने मुलद्धार निर्माणको जिम्मा पुष्कल ढकालले लिएका छन् । ढकालले मूलद्वारको शनिबार नै शिलान्यास गरेका छन् ।
महतगौंडा र टुटुंगा जोड्ने प्राचीन प्राकृतिक पुल ढुंगेसाँघुको तल हहिहर भगवान्ले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिंढीसहितको बाटो निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको थियो ।
यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समिति अध्यक्ष मदन गिरीले बताए ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको ५ वर्षमा धाम विश्वको आकर्षक गन्तव्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउँदै यज्ञस्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् । यज्ञमा ठूलो संख्यामा भक्तजनको उपस्थितिमा दैनिक संगीतमय कथा प्रवचन भइरहेको छ । कोटिहोम २७ मंसिरसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
पोखरामा आजदेखि कोटिहोम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१