चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८१
Tennis FINAL day News cerciut

पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय माहिका खन्ना विजयी भए ।

कास्की जिल्ला टेनिस संघ आयोजनामा शनिबार सर्किटको फाइनलमा हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । उनले आश्रव्यलाई ६–३, ६–४ ले पराजित गरे ।

गल्र्स सिंगल्समा माहिका खन्नाविरुद्धको नेपाली खेलाडी सुनिरा थापा टाइब्रेकर खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ (७–४) ले गुमाउन पुगिन् ।

ब्वाइज डबल्स फाइनलमा ओजस मेहलावत र अधिराज ठाकुर (भारत) ले आदित्य मोर र प्रकाश सरन (भारत) लाई ६–२, ६–१ ले पराजित गरे भने गल्र्स डबल्स फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६–३, २–६, १०–५ ले पराजित गरे ।

सर्किट १ मा विजेता खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल प्रदान गरे ।

यस्तै, सर्किट–२ अन्तर्गतका क्वालिफाइङ राउण्डका खेलहरु समेत सुरु भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाए । ब्वाइजतर्फ क्वालिफाइङ राउण्डतर्फ विभिन्न देशका २७ र गल्र्सतर्फ ८ जना छन् । मेन ड्रमा नेपालसहित १० देशका २८–२८ जना गरी ५६ जना सहभागि छन् । २ दिनसम्म चल्ने क्वालिफाइङ खेलबाट ४–४ जना मेन ड्रका लागि छनौट हुने छन् । मेन ड्रका लागि नेपाली ४ जना खेलाडीहरुले वाइल्ड कार्डबाट सोझै प्रवेश पाइसकेका छन् ।

खेल २९ मंसिरसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width