लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ भण्डारढिक रंगशालामा चल्ने प्रतियोगितामा गण्डकीका ८ टिमले भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कभर्ड हल र रंगशालाको स्तरोन्नतिमा प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताए ।
नले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन चाहेको बताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकीय पूर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको बताए । प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्युड खेल मैदान निर्माण गरी संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत सुनाए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए ।
पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पूर्णता नपाएको गुनासो गरे ।
‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटनमा आयोजक विजयी भएको छ । एन्फा तनहुँलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । ४१ औं मिनेटमा आदर्शका सजिन मगरले डि एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । निर्धारित ९० मिनेटको खेलमा थप गोल नभएपछि निर्णायक बनेको हो । म्यान अफ दी म्याच सजिन मगर घोषित भए ।
आइतबार नेपाल आर्मी सिद्धि दल गण र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले ४ लाख २५ हजार ५२५ रुपैयाँ र उपविजेताले २ लाख २५ हजार ५२५ रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विधागत पुरस्कार पनि व्यवस्था गरिएको अध्यक्ष पदम गुरुङले बताए । ६ वर्षपछि पुनः सञ्चालित प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार दिइनेछ । हरेक खेलका म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ दरले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताका लागि पोखरा वडा २९ कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेलमैदान मर्मत सम्भारमा सहयोग गरेको छ ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१