पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल भए ।
गल्र्स फुटबलको उपाधि कुमुदिनी होम्सले जितेको छ । फाइनलमा जुनियर सिटिजनलाई पराजित गर्दै प्रथम भएको हो । तेस्रो शान्तिदीप स्कुल भयो । जुनियर फुटबलतर्फ बालोदय प्रथम हुँदा भ्यू पोइन्ट र पोखरा पब्लिक क्रमशः दोस्रो र तेस्रो भए ।
ब्याइज (कक्षा १० सम्म) १५०० मिटर दौडमा सगरमाथाका श्रवण अधिकारी प्रथम भएका छन् । पोखरा एकेडेमीका रजिन बिक दोस्रो र हार्वर्ड एकेडेमीका मनुअल पुन तेस्रो भए ।
ब्वाइज (१० सम्म) १०० मिटर दौडमा सगरमाथाका कार्लोस पौडेल पहिलो, बालोदयका प्रशन्न महत दोस्रो र फिस्टेलका कृतन थापा तेस्रो भए ।
गल्र्स (१० सम्म) १०० मिटर दौडमा सगरमाथाकी अनुष्का अधिकारी पहिलो, फिस्टेलकी आइकोलक्ष्मी बाटाजू दोस्रो, केफकी संगम भण्डारी तेस्रो भए ।
गल्र्सतर्फ नै ८०० मिटर दौडमा फिस्टेलकी आराध्या चालिसे प्रथम, भ्यू पोइन्टकी सिर्जना सुनार दोस्रो र बालोदयकी सोसिया बराल तेस्रो भए ।
गल्र्स (कक्षा ११–१२) ४०० मिटर दौडमा प्रतिभाकी मेनुका अधिकारी पहिलो हुँदा टप्सकी सविना खातुन मियाँ र गुरुकुल विद्यासदनकी रेनु परियार क्रमशः दोस्रो र तेस्रो भए ।
ब्याइज (कक्षा ११–१२) ४०० मिटरतर्फ हार्वर्ड एकेडेका सुदीप भण्डारी पहिलो, प्रतिभाका सन्दीप श्रेष्ठ दोस्रो र डायमण्डका प्रसन्न खड्का तेस्रो हुन सफल भए ।
ब्याइज लङजम्पमा न्यू मोडलका विराज सुनार च्याम्पियन भए । यस्तै, ग्लोबल कलिजियटका सुशान्त राजभाट दोस्रो र पोखरा पब्लिकका निश्चल मोक्तान तेस्रो भए ।
गल्र्स सटपुटतर्फ डायमण्डकी अदीति श्रेष्ठ पहिलो हुँदा रेन्बो ऐकेडेमिक होम्सकी करिश्मा गुरुङ दोस्रो र बालोदयकी अभ्नी मल्ल तेस्रो भए ।
ब्याइज सटपुटतर्फ टप्सका सीताराज घले पहिलो भए । नेपाल आदर्शका रिशप तामाङ दोस्रो र प्रगतिका सोहन खवास तेस्रो भएको एथलेटिक्स संयोजक विधान गौतमले बताए ।
ब्याइज बास्केटबल (९–१२) तर्फ प्रतिभा बोर्डिङ प्रथम भएको छ । मेरिगोल्ड दोस्रो र कुमुदिनी होम्स्को टिम तेस्रो भयो ।
ब्याइज भलिबल (प्लस टु) तर्फ माउन्ट अन्नपूर्ण पहिलो भयो । प्रतिभा दोस्रो र पोखरा युनाइटेड तेस्रो भए । सोही इभेन्टको गल्र्सतर्फ केफ पहिलो हुँदा सिर्जना दोस्रोमा सीमित भयो । गुरुकुल विद्यासदन तेस्रो भए ।
ब्याइज भलिबल कक्षा १० सम्म ताराकुञ्ज पहिलो हुँदा सोसल पब्लिक दोस्रो र केल्स् तेस्रोमा सीमित बन्यो । गल्र्सतर्फ नेशनल इन्भेन्टिभ, न्यू मिलेनियम र टप्स क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
जुनियर फुटबल प्रतियोगितामा बायोदय प्रथम भएको छ । भ्यू पोइन्ट दोस्रो र पोखरा पब्लिकको टिम तेस्रो भयो । गल्र्स बास्केटबल (कक्षा ९–१२) मा फिस्टेल पहिलो, माउन्ट अन्नपूर्ण दोस्रो र प्रतिभा तेस्रो भए ।
मंसिर २३ सम्म चल्ने स्पोर्टस् मिटमा करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयले सहभागिता जनाएको प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेलले बताए ।
स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएका हुन् । कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु भएको प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन् ।
स्पोर्टस् मिटको संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले औपचारिक उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१