अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८१
annapurna gaupalika progrem photo

पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने बताउँदै खेलले राष्ट्रलाई नै चिनारी दिने जनाए । अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानवीय विकास पनि बढाएको उल्लेख गर्दै सहसचिव कुँवरले खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए । विद्यार्थीले पठनपाठन पछि आफ्नै देशमा बसेर सेवा गर्नुपर्ने जनाउँदै उनले अधुरा खेलकुदका योजनालाई पूर्णता दिन पालिका नेतृत्वको ध्यानाकर्षण गराए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्दै पालिकालाई शिक्षाको हव तथा खेलकुदको केन्द्रबिन्दु बनाउन प्रयास भइरहेको बताए । उनले शिक्षाको गुणस्तर विगतको तुलनामा पालिकामा सुधार भएको दाबी गर्दै शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन पालिका, सम्बन्धित अभिभावक तथा विद्यार्थीबीच सहसम्बन्ध स्थापित हुनुपर्ने धारणा राखे ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भनाइ राख्दै खेलसँगै साथित्वको भावना पनि मजवुत बन्दै जाने औँल्याइन् । उनले खेललाई मर्यादित एवम् अनुशासित बनाउनुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई खेल जीवनको शुभकामना दिइन् ।

त्यस अवसरमा गाउँ शिक्षा अनुगमन समितिका सदस्यसमेत रहेका नेकपा एमाले अन्नपूर्ण अध्यक्ष चूडामणि अधिकारी, नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण अध्यक्ष धर्मबहादुर गुरुङलगायतले खेलजीवनको महत्वपूर्ण पक्ष भएको धारणा राखे ।

प्रतियोगिताअन्तर्गत विभिन्न १५ विधामा छात्रछात्रा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत बिहीबार भएको १५०० मिटर छात्र दौडतर्फ प्रगतिशील मावि सल्यानका अनीष सुनार प्रथम भए । बहादुरे मावि भदौरेका शक्ति विक द्वितीय तथा माछापुच्छे« मावि ढिकुरपोखरीका किशोर विक तृतीय भए ।

यसैगरी, १५०० मिटर छात्रा दौडतर्फ प्रगतिशील मावि सल्यानकै अनीषा सुनार पहिलो, उमा मावि दाङसिङकी बिनुका विक दोस्रो तथा सिर्जना मावि सिम्पालीकी केशमाया विक तेस्रो हुन सफल भएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा २ का अध्यक्ष पीताम्बर भण्डारीले स्वागत तथा शिक्षा अधिकृत बलराम भुगार्इंले कार्यक्रम संचालन गरे । प्रतियोगितामा स्थानीय माछापुच्छे« मावि तथा मर्निङस्टार माविले व्यवस्थापकीय सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width