पोखरा । नेपाली विद्युतीय सवारीसाधनको वितरक सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको पोखरामा लञ्च गरेको छ । पोखराको लागि आधिकारिता बिक्रेता अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जि६ एसयुभी हस्तान्तरणसमेत गरेको छ ।
अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रममा एक्स्पेङ ब्रान्डबारे जानकारी दिए । सिजी मोटर्सका सिइओ/निर्देशक हेमन्त अग्रवालले सिजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।
कार्यक्रममा एक्सपेङको जि६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जि६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ–एन्कयाप मा ५–स्टार रेटिङ प्राप्त गरेको छ ।
यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटिए अपडेट, एक्ओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
जि६ को मोटरपावर १९० केडब्लु र टर्क ४४० एनएम छ, जसले ६६ केडब्लुएच ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिने जनाइएको छ । अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना जडित छ, जसले जि–६ लाई विशिष्ट बनाउने यसको विशेषता हो ।
सिजी मोटर्सले काठमाडौंको बागडोलमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा दीपेन्द्र
लीपमोटर सि१० गाडी पोखरामा भित्रियो
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
बजाज पल्सर एनएस–२०० मोटरसाइकल
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१