लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण गराएको छ ।
पोखरा २७ को डायमण्ड माविमा अध्ययनरत कक्षा ११र १२ का १५० जना विद्यार्थीहरुका लागि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका सन्दर्भमा सभाव्य घटना र त्यसको रोकथामका बारेमा जानकारी गराइएको हो ।
वडाअध्यक्ष पूर्णकुमार गुरुङले विशेषगरी महिलामाथि हुन सक्ने घटनाक्रमबारे जानकार हँुदै सम्भाव्य घटनाको रोकथाम र कानूनी उपचारका बारेमा जानकारी गराएका थिए ।
डायमण्ड माविका प्राचार्य यामबहादुर रोकाले महिलामाथि हुनसक्ने जघन्य अपराधका घटनाको रोकथामका लागि सबै जना सचेत हुने हो भने ५० प्रतिशत घटना स्वतः कमी हुने विश्वास दिलाएका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायक निरीक्षक होतबहादुर रोकाले बालबालिकामाथि हुने लैंगिक हिंसा जबरजस्ती करणी, बालविवाह, बहुविवाह, जातीय छुवाछूत तथा घरेलु हिंसा लगायतका विषयमा प्रशिक्षण दिए । कार्यक्रम समितिका कोषाध्यक्ष कृष्ण ओझा र सदस्य नवराज पौडेलको संयोजकत्वमा भएको थियो ।
१६ दिने अभियानकै सन्दर्भ पारेर लेखनाथ सामुदायिक सेवाले पोखरा ३२ को तल्लो गगनगौंडामा आमा समूह तथा टोल विकास संस्थालाई लक्षित गरी सचेतना अभियान संचालन गरेको छ । सोही कार्यक्रममा पोखरा ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्की र इलाका प्रहरी कार्यालय, डाँडाकोनाकका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले लैंगिक हिंसाका बारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१