पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ ।
विसं. २००६ मंसिर २० मा स्थापित उक्त विद्यालयले ७५ वर्षको अवसरमा गत वर्ष २०८० मंसिर २० देखि विभिन्न कार्यक्रमहरु गरी १ वर्षसम्म हीरक महोत्सव मनाएको हो । महोत्सव समापन समारोहमा विद्यालयका संस्थापक अध्यक्ष, संस्थापक प्रधानाध्यापक, संस्थापक शिक्षकहरु र विशिष्ट व्यक्तित्वहरुलाई सम्मानपत्र अर्पण गरिएको थियो । साथै विद्यालयको हीरक महोत्सव स्मारिका समेत लोकार्पण भयो ।
त्यस अवसरमा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बहुउद्देश्यीय शिक्षा दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय मावि नमूना सामुदायिक विद्यालय रुपमा पाउँदा खुसी लागेको बताइन् ।
हाम्रो पाठ्यक्रमलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले भनिन्, ‘मावि तथा आधारभूत तहसम्मको शिक्षा पूर्णरुपमा अनिवार्य तथा निःशुल्क प्रदान गर्न शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ ।’
उनले शिक्षा क्षेत्रका विकृति विसंगतिका कारण व्याप्त निराशाको अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उल्लेख गरिन् । उनले नयाँ शिक्षा ऐनको निर्माणसँगै सबैखाले बेथितिको अन्त्य हुने दाबीसमेत गरिन् । शिक्षा क्षेत्रमा गर्नुपर्ने धेरै कामका बीचमा नेपालको शिक्षाप्रति विश्वास जगाउनेतर्फ लागिपर्नुपर्ने भन्दै गुणस्तरीय शिक्षाको सुरूवात गुणस्तरीय शिक्षकबाट सुरु हुने भएकाले उनीहरुको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताइन् । सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय माविको हीरक महोत्सव स्तम्भ अनावरण गरेकी थिइन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक वातावरणको सिर्जना गरी विद्यालयलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले हीरक महोत्सवलाई स्तरवृद्धि र पूर्वाधार स्थापनाको रुपमा लिनुपर्ने बताउँदै प्राविधिक तथा व्यावसायिक शिक्षा समयको माग रहेको विचार व्यक्त गरे ।
गण्डकी प्रदेश सदस्य गणेशमान गुरुङले अब आउने शिक्षा ऐनले विद्यार्थी विदेश जानु नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद मनकुमारी भुजेलले आफू पनि राष्ट्रिय माविको पूर्व विद्यार्थी भएको स्मरण गर्दै विद्यालयले हजारौं विद्यार्थीको भाग्यरेखा कोर्न मद्दत पु¥याएको बताइन् ।
शिक्षक अभिभावक संघ अध्यक्ष रमेशप्रसाद पौडेलले शैक्षिक सुधारका लागि सबै एकबद्ध रहेको बताए ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले हीरक महोत्सवमा तय गरिएका २२ मध्ये १८ वटा कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
सो अवसरमा कक्षा १० की छात्रा कामना पौडेलले मन्तव्य राखेकी थिइन् ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बरुणविक्रम राणाको अध्यक्षतामा भएको समारोहमा पोखरा महानगरपालिका वडा १ का वडाध्यक्ष साहारा प्रधानले स्वागत तथा सहायक प्रधानाध्यापक नारायण चापागाईंले सञ्चालन गरेका थिए ।
पोखरा वडा १, पुरानो टुँडिखेलस्थित उक्त विद्यालयको हीरक महोत्सव समापन समारोहबीच छात्रछात्राले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१