पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् ।
पोखरा १५, ढुंगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहीबार उपस्थित मन्त्री भट्टराईले पट्नेरीको विकासमा जनतासँगसँगै रहेको बताइन् । उनले भनिन्, ‘यहाँहरुले दुईपटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसँगै छु । यहाँहरु सबैको मायार सद्भावले अगाडि बढिरहेको छु ।’ उनले सेती नदीमाथि गुफामा जानका लागि आवश्यक संरचना बनाउन गरिएकोमा मागमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सो क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने उनले आश्वासन दिइन् ।
कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावना रहेको जानकारी गराए । सरकारीस्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सोच सुनाए । २ करोड रुपैयाँ लगानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सम्भावना रहेको उनले जानकारी गराए ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए । कोटिहोम–२०८१ प्रमुख वाचक शोभाकान्त ढकाल, दिग्र्शनवाचक शिरोमणि दीपक सापकोटा, भागवत्मन्जरी पुज्य राधाकिशोरी दासीलेलगायतले कथा बाचन गर्नुका साथै हरेक दिन आमन्त्रित कथावाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले आयोजना गरेको कोटिहोम २७ मंसिरसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१