लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ ।
यही २२–२९ मंसिरसम्म हुने सो प्रतियागितामा ८ टिमले भाग लिने बुधबार पत्रकार सम्मेलनमा क्लब अध्यक्ष पदम गुरुङले जानकारी गराएका हुन् । विजेतालाई ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँसहित शिल्ड, मेड र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिनेछ ।
‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूलनाराका साथ आदर्श युवा क्लबले यो प्रतियोगितालाई ६ वर्षपछि २५ औं संस्करण रुपमा निरन्तरता दिएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋद्धिसिद्धी आदर्श कप भएको थियो । यसपालि झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । आयोजक आदर्श युवा क्लब, कास्की ११, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितका ३ विभागीय क्लब तथा तनहुँ, गोरखा र स्याङ्जाका एक÷एक टिमले भाग लिने छन् ।
अध्यक्ष गुरुङले आदर्श कपलाई जीवन्तता दिँदै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए । फुटबल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माणलगायतको अन्य तयारी पूरा भएको र खेल प्राविधिक र रेफ्रीको समूहको निगरानीमा खेल मैदानलाई मिलाउने कार्य भैरहेको उनले बताए ।
पोखरा २९, कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेलमैदान मर्मत सम्भारमा सहयोग गरेको छ । त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग तथा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने भएका छन् ।
मुख्य प्रायोजक शौर्य सिमेन्टका गण्डकी धौलागिरी बजार प्रमुख सुमन ढुंगानाले खेलकुदको क्षेत्रलाई माथि उठाउन कम्पनीले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहिरहने विश्वास दिलाएका थिए ।
क्लब सचिव सन्तोष गुरुङले संचालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले लेखनाथ रंगशालाको स्तरोन्नति, निर्माण रोकिएको कभर्ड हल, प्याराफिट र खेल विकासका लागि राज्यका निकायको ध्यान लेखनाथ क्षेत्रमा नपुगेको र पोखरा रंगशाला पछिको विकल्पका रुपमा लेखनाथ रंगशालालाई अगाडि बढाउन सकिनेमा राज्यको ध्यान जानुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१