पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको बुधबार कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा भएको प्रारम्भिक बैठकका वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. टंकप्रसाद प्रसाईंले किसानका समस्यालाई स्वयं किसान, कृषि उध्यमी तथा तिनै तहका सरकार मिली अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै त्यसबाट मात्रै कृषि क्षेत्रका समग्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
प्रदेश सचिव डा. प्रसाईंले बैठकमार्फत सरोकारवाला सबै पक्षबीच कृषकका समस्याबारे गम्भीर छलफल भएको जनाउँदै समस्या समाधान गर्न बैठकले टेवा पुग्ने औँल्याए । उनले किसानका कतिपय समस्यामा कार्यमूलक अनुसन्धान गर्नुपर्ने स्पष्ट पार्दै हालसम्म भित्रिएका प्रविधिलाई प्रयोग गर्दै उन्नत बीऊ उत्पादनतर्फ ध्यान दिनुपर्ने औँल्याए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक प्रेनिल केसीले किसानका समस्यालक्षित अनुसन्धानको महत्वमाथि प्रकाश पार्दै कृषिमार्फत नै नेपाललाई समृद्धितर्फ डोहो¥याउन सकिने स्पष्ट पारे । उनले समय, स्थान तथा त्यसमा लगाउने बालीवस्तुको उचित छनोट गर्न सके कृषि मार्फत फड्को मार्न सकिने धारणा राखे ।
अमेरिकी दुग्ध उत्पादक बाख्रा एसोसिएसनका पूर्व अध्यक्ष डेनियल लि. लेनीले मानव स्वास्थ्यका लागि बाख्राको दूधबाट बनेका परिकार अत्यावश्यक रहे पनि त्यसको आवश्यक प्रचारप्रसार हुन नसकेको जनाए । वैज्ञानिक शुक्रराज श्रेष्ठले बैठकको उद्देश्यमाथि प्रकाश पारे ।
बैठकबीच छनोट कार्यक्रमलाई संचालन एवम् सहजीकरण गर्नका लागि कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक केसीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरियो । कार्यदल सदस्यमा वैज्ञानिक, प्रसारकर्मी, कृषि उध्यमी तथा कृषक छन् ।
यसैबीच, लुम्लेमा मंगलबार प्रदेशस्तरीय कृषि प्राविधिक कार्यसमूह बैठक पनि भएको छ । बैठकका बीच कृषि, पशुपालन तथा मत्स्यसँग सम्बन्धित समस्याको उजागर गरी ३ कार्यपत्र प्रस्तुत गरिए । कृषि विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक बालकृष्ण अधिकारीले प्रदेशमा रहेका बाली, वागवानी तथा औगोधिक वालीहरुका समस्याबारे कार्यपत्रमार्फत ध्यानाकर्षण गराए ।
त्यस्तै, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशुविकास अधिकृत बालकुमार श्रेष्ठले पशुपन्छी, पशुपालन, मत्स्य आदिका आहारामा रहेका समस्या प्रस्तुतिमार्फत उजागर गरे ।
कृषि अनुसन्धान निर्देशनालय, लुम्लेका वैज्ञानिक रमेश आचार्यले नेपालका समग्र कृषि क्षेत्रका समस्यामाथि प्रकाश पार्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत पछिल्लोपटक विकसित प्रविधिबारे जानकारी दिए ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुन्चौर प्रमुख प्राडा दुर्गा देवकोटाले कृषिमा कार्यरत शिक्षा, प्रसार तथा अनुसन्धानका निकायबीच तालमेल हुनुपर्ने भन्दै तालमेलबाट मात्रै कृषि क्षेत्रमा उपलब्धी हासिल हुने बताइन् । बैठकका सहभागिलाई ४ समूहमा विभाजन गरी समस्याको प्राथमिकिकरण पनि गरिएको छ । जसअनुसार सहभागीले स्थानीय तहलाई आलुको बिउ उत्पादनका लागि स्वीकृति नदिँदा बिउ आलुमा समस्या भइरहेको, काउलीमा गाँठे रोगको प्रकोप बढेको, मार्फा चौडापात सागको बिउ उत्पादनमा समस्या रहेको, अलैँचीमा गानो कुहिने रोगले परानो वगैचा सखाप पारेको, स्याउमा खुम्रे किरा तथा सेतो गवारोले समस्या दिइरहेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
उनीहरुले नेपालमा कृषि अनुसन्धान विगतको तुलनामा क्रमशः फलतो बन्दै गएकोमा दुःख व्यक्त गर्दै कृषिमार्फत समृद्धि हासिल गर्न सरकार तथा सरोकारवाला गम्भीर बन्नुपर्ने सुझाए ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिना, श्यामप्रसाद पौडेल र राजेन्द्रप्रसाद पोख्रेलले प्रतिवेदन टिपोटकर्ता एवम् व्यवस्थापकीय सहजीकरण गरे । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक केसीको अध्यक्षतामा भएका बैठक वैज्ञानिक रमेश आचार्यले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
जेठोबुढो जोगाउँदै पोखरा महानगर
विदेश छोडेर कागती खेती
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१