पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं खेलकुद मन्त्री चौधरीसँग बुधबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार विभागद्वारा आयोजित कार्यकर्ता भेटघाटमा सो कुरा बताएका हुन् ।
उनले भने, ‘पोखरामा खेलप्रेमीको उत्साह पनि त्यत्तिकै देखिन्छ, तसर्थ पोखरालाई खेलकुदको माध्यमबाट विकास गर्ने खेलकुद मन्त्रालयले पूर्वाधार विकासलगायतका काममा ध्यान दिनेछ ।’
मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । उनले युवालक्षित कार्यक्रम सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पारे ।
युवालाई ऋण सहयोग गरि स्वरोजगार बनाउने र रोजगारीसमेत सिर्जना गर्न विभिन्न कार्यक्रम अगाडि सारिएको जानकारी उनले दिए ।
अधिकतम् युवा लाभान्वित हुने गरी नेपाल स्काउटमार्फत प्रत्येक पालिकामा विभिन्न तालिम संचालन गरेर युवाहरूको क्षमता अभिबृद्धि गर्ने तर्फ मन्त्रालयले पहल गरिरहेको बताए ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले सबै एकजुट भएर पार्टी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्न सके नेपाली कांग्रेस कमजोर नहुने उनको भनाइ थियो ।
कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विभागका सदस्य पदम श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश सांसद सरस्वती गुरुङ लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१