पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार) बस्दैछ । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको छ । त्यसैका लागि काँग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच छलफल पनि भएको थियो ।
तर सहमति जुटेको छैन । १४ कात्तिकको ३७ औं कार्यपालिका बैठकले निर्णय गरेर २८ प्राविधिकसहित ३५ जना करार कर्मचारी हटाएपछि एमाले रुष्ट बनेको हो । आफूनिकटका कर्मचारी छानेर फालेको आरोप एमालेले लगाएको छ । महानगरपालिकाले भने प्रदेश लोक सेवा आयोगबाट स्थायी कर्मचारी आएपछि उनीहरुलाई हटाइएको जनाएको छ । ३७ औं बैठक एमालेले बहिष्कार गरेको थियो ।
एमालेले कर्मचारीसँगै ६ बुँदे एजेण्डा राखेर विशेष नगर सभाको माग गरेको हो । अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने, महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नुपर्नेलगायत माग एमालेको छ । यस्तै सुशासन र गौरवका केही आयोजनालाई पनि एजेण्डामा समावेश गरिएको छ । महानगरको राजस्व बक्यौता असुली कार्ययोजना बनाएर आगामी नगर सभामा पेस गर्ने, मणिपाल अस्प्तालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने, फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रस्तुत गर्ने एजेण्डा छ ।
यता, महानगरको गौरवका रुपमा रहेका पोखरा सभागृह निर्माण, प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनको अत्यधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने एजेण्डाहरु नगर सभामा छलफल हुनेछन् । एमालेले माग गरेका एजेण्डा नै मेयर आचार्यले सदर गर्दै नगर सभामा पेस गर्न लागेका हुन् । काँग्रेसले नगर सभा अवरोध गर्ने तयारी थालेको छ ।
अदालतमा भएको मुद्दा सभाको छलफल गर्ने एजेण्डा बनाउन नमिल्ने भन्दै सभा सुरु हुने वित्तिकै अवरोध गर्ने काँग्रेस स्रोतले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१