पोखरा । हेरालो प्रतिष्ठान कास्की, पोखराले स्थापना दिवस अवसर परेर १९ औं वार्षिक साधारण सभा मनाएको छ ।
फेदिखोला १ स्थित अयेरपानी सामुदायिक होमस्टेमा भएको साधारण सभाको शुभारम्भ गर्दै संस्थाका पूर्व अध्यक्ष एवं रजत महोत्सव मूल आयोजक समिति संयोजक नीरज थापाले विभिन्न परिवेशका कारणबीचमा केही सुस्ताएजस्तो देखिए तापनि नेतृत्व परिवर्तनसँगै बनेको नयाँ टिमले छोटो समयमा राम्रो काम गरेकोमा खुसी व्यक्त गरे ।
पोखरा १३ का पूर्व वडाध्यक्ष राजन गुरुङले आफू वडाध्यक्ष हुनेताका नै वातावरणको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्था भनेर नगरपालिकाबाट हेरालोलाई पुरस्कृत गरिएको स्मरण गर्दै राम्रो संस्थासँग जोडिन पाएकोमा आयोजकप्रति आभार व्यक्त गरे । संस्थाका अध्यक्ष धनराज पुरीले प्रत्यक्ष उपस्थित हुन असमर्थ स्वदेश तथा विदेशमा रहने सदस्यबाट समेत शुभकामना प्राप्त भएको जानकारी गराए ।
छेउघरे होमस्टेका संचालक एवं हेरालोका निवर्तमान अध्यक्ष झम गुरुङले आफ्नो गाउँघर आएकोमा स्वागत गर्दै होमस्टेले गाउँको मुहार फेर्न सहयोग पुग्ने अपेक्षाका साथ आफूहरु लागिपरेको बताए । संस्थाका सचिव, कोषाध्यक्ष र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको सो सभामा पूर्व अध्यक्ष योगेन्द्र शेरचन, उपाध्यक्ष भेषबहादुर गुरुङ, सचिव तिलक थापा, कोषाध्यक्ष उमाकान्त पराजुली, सहसचिव दीपक भट्टराईसहित सदस्यद्वय पूजा शाह र यामबहादुर रानाभाटले पनि मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१