पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर सभाको एजेण्डा सार्वजनिक गरेका छन् । तर काँग्रेसतर्फका वडाध्यक्षहरुले भने अदालतमा विचाराधीन मुद्दा समेत एजेण्डामा राखिएको भन्दै आपत्ति जनाएका छन् ।
पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अदालतमा भएको मुद्दालाई एजेण्डा बनाउनु संविधानविपरीत हुने तर्क गरे ।
महानगरको कर्मचारीका विषय अदालतमा मुद्दाका रुपमा दर्ता भएका छन् । संविधानको धारा १०५ ले अदालतका मुद्दालाई प्रभाव पार्ने गरी संसद्मा समेत छलफल गर्न नपाइने व्यवस्था रहेको भन्दै उनले कर्मचारीको एजेण्डा नगर सभाबाट हटाउनुपर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ मा पनि अदालतमा विचाराधीन मुद्दा सभामा छलफल गर्न नहुने उल्लेख गरिएको छ ।
‘कुनै पनि अदालतमा विचाराधीन मुद्दालाई कसैले पनि प्रभावित गर्नु हुँदैन । यो स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्रतापूर्वक नै न्याय सम्पादन गर्न दिनुपर्दछ,’ उनले भने, ‘तसर्थ महानगरपालिकाबाट सरासर संविधानको उल्लंघन हुँदैछ । ऐन कानूनको पालना गर्ने मुख्य जिम्मेवार हामी सबै जनप्रतिनिधिको हो ।’ कार्यकारी अधिकार कार्यपालिकामा निहीत रहेको र व्यवस्थापकीय अधिकार मात्रै नगर सभामा निहीत हुने भएकोले त्यसको भिन्नता छुट्याउनुपर्ने उनको सुझाव छ ।
जनप्रतिनिधिहरुले एजेण्डा मागे पनि प्रशासनको जिम्मेवारी लिएका कर्मचारीहरुले ध्यान दिनुपर्नेमा वास्ता नगरिएको उनले आरोप लगाए । ‘जनप्रतिनिधिलाई कानूनको सबै ज्ञान नहुन पनि सक्ला । यसको मुख्य जिम्मेवारी कर्मचारीको हो । प्रमुख प्रशासकीय अधिकृतज्यूले त्यसतर्फ ध्यान दिनु पर्दथ्यो,’ उनले भने । बास्तोलाले नगर सभामा संविधानको पालना गर्न माग गरेका छन् ।
पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पनि कर्मचारी हटाउने र राख्ने कुरा दलगत स्वार्थमा रुमलिएको बताए । ‘महानगरमा केही समयदेखि कार्यपालिकाको बैठकका निर्णय कार्यान्वयन र कर्मचारी व्यवस्थापनबारे दलगत मतभिन्नता छ,’ उनले भने, ‘त्यसले उत्पन्न गरेको राजनीतिक जटिलता एवं अविश्वासलाई एउटै थलोमा बसेर हल गर्नुको विकल्प छैन ।’ यही विषयमा सहमति जुटाउन काँग्रेस र एमालेका जनप्रतिनिधिहरु बैठक बसिरहेका छन् । थापाकै संयोजनमा दुई दलबीच छलफल सुरु भएको हो । यद्यपि मंगलबारको बैठकबाट निष्कर्ष निस्किएको छैन ।
‘संवाद र वार्तामा रहेर समस्या समाधानका लागि दुई दल आवद्ध जनप्रतिनिधि साथीहरुलाई आह्वान गर्दछु । सबै मतभेद त्यागेर विधि, पद्दति र नीति नियमलाई स्थापित गरी आगामी दिनमा यस्ताखालका किचलो नगर्ने प्रतिबद्धतासमेत सबैबाट हुनु पर्दछ भन्ने मलाई लाग्दछ,’ उनले भने । करारमा नियुक्त कर्मचारी हटाउने १४ कात्तिकको ३७ औं कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले आन्दोलित बनेको थियो । आन्दोलनक्रममा एमालेले सोही एजेण्डालाई प्राथमिकता दिएर विशेष नगर सभा माग गरेको हो । कर्मचारीसँगै महानगर गौरवको आयोजना कार्यान्वयन र आन्तरिक सुशासनलाई पनि एजेण्डामा राखिएको छ । एमालेले ३७ औं कार्यपालिका बैठक बहिष्कार गरेको थियो । करार कर्मचारी तत्कालै हटाउनुपर्नेमा काँग्रेसको अडान छ भने एमालेले संगठन तथा व्यवस्थापन सर्भेक्षण बनाएर मात्रै हटाउनुपर्ने माग राखेको छ ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१