पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम गरिरहेको दाबी गरेका छन् । २ वर्षमा हुने काम ६ महिना (वैशाखभित्र) सक्ने गरी दू्रतगतिमा काम गरिरहेको दाबीसमेत गरे ।
मंगलबार पोखरामा चलचित्र पत्रकार र गुरुङ फिल्म एसोसिएसन (जिफान) को टोलीसँग भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेपाली चलचित्र क्षेत्रको विकासमा सबै जना मिलेर काम गर्नुपर्नेमा जोड दिए । गत १३ भदौमा अध्यक्ष नियुक्त चर्चित संचारकर्मी एवं निर्देशक डिसी त्यसयता पहिलोपल्ट पोखरा आएका हुन् । उनले आफ्नो नेतृत्वमा बोर्डमा गइसकेपछि गरेका कामहरु तथा बाँकी कार्यकालका योजनाका फेहरिस्तसमेत सुनाए ।
उनले केही सिनेमा हलहरुले शुल्क नतिरेका र बदमासी गरेकाले कारबाहीको शृङ्खला सुरु गरिएको जानकारी दिए । उनका त्यस्ता २० मध्ये ४ वटा हललाई त कारबाहीका लागि पत्र नै काटिसकेको बताए । नेपालका सबै सिनेमा हलहरुलाई बक्स अफिसमा ल्याउन आफ्नो प्रयास रहने बताए । अध्यक्ष डिसीले भने, ‘नेपालका सबै सिनेमा हलहरु एउटै नियममा चल्नका लागि अगाडि बढेको छ । अझै केही बाँकी छन् । तिनलाई पनि यसै हप्ताभित्र नियमनमा ल्याउने छौं ।’ उनले नवीकरण नभएका सिनेमा हललाई वितरकले फिल्म दिएमा तथा नियम पालना गरे हलमै चाबी लगाउने चेतावनी दिए ।
पोहोरदेखि रोकिएको विशिष्ट चलचित्रकर्मीको कार्ड वितरण, हालै राष्ट्रपति भवनमा चलचित्रकर्मी सम्मानलगायत कार्यक्रम सम्पन्न भइसकेको बताए । सम्मान कार्यक्रम सकेसम्म विवादरहित बनाउन खोजिएको भन्दै कुनै पनि सम्मान तथा पुरस्कारमाथि टीकाटिप्पणी हुनु स्वाभाविक हो भने । चलचित्रकर्मी कार्डको महत्व भएको उल्लेख गर्दै उनले यसबाट १ लाख बराबरको बिमा सुविधा भएको बताए । यसले नागरिकतापछिको काम गर्ने उनको भनाइ थियो । नेपालमा अहिलेसम्मका सिनेमाहरुको स्क्रिप्टको अर्काइभ अभ्यास सुरुआत पनि भइसकेको उनले बताए । यसबाट भोलिका दिनमा नेपालको सिनेमाबारेमा सम्पूर्ण जानकारीसँगै कसैले खोज अनुसन्धान गर्नुपरे पनि सहज हुने विश्वास गरे ।
तत्कालीन राजा महेन्द्रको पालाको चलचित्र ऐन अहिलेसम्म प्रचलनमा रहेकाले तत्काल नयाँ ऐनको खाँचो औंल्याए । उनले आफ्नै पालामा नयाँ ऐन ल्याएरै छाड्ने दाबी गरे । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ परिमार्जनसँगै नयाँ ऐन बनाउन विगतमा पहल भए पनि किन मन्त्रिपरिषद्मा लगिएन ? त्यो छुट्टै बहसको विषय हुने बताए ।
आफ्नो कार्यकाल सुरुसँगै नेपाली सिनेमाहरु पनि खुबै चलेको भन्दै त्यसलाई सुखद संयोग माने । ‘बोक्सीको घर’ जस्तो हरर टाइपको सिनेमा थियो, ‘१२ गाउँ’ जस्तो एक्सनप्रधान सिनेमा थियो, ‘छक्का पञ्जा–५’ चल्यो, जुन हसाउनेखालको थियो, अहिले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो रुवाउने सिनेमा चल्यो । यसरी सबै प्रकारका चलचित्र चलेपछि अब बन्ने चलचित्र पनि राम्रै भएर जाने विश्वास छ,’ उनी आशावादी देखिए ।
पर्यटनको राजधानी पोखराले गुरुङ फिल्मसहित समग्र चलचित्रको विकासमा ठूलो योगदान गरेको उल्लेख गर्दै यस क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्वहरुको पनि खोजी गरी योगदानको सम्मान गरिने बताए । उनले छिट्टै नै लमजुङको घलेगाउँमा चलचित्र महोत्सवको तयारी बोर्ड गरेको जानकारी दिँदै त्यसमा सहकार्य गर्न चलचित्र पत्रकार संघ कास्की र जिफानलाई आग्रह गरे । आफ्नो कार्यकालका एक दर्जन बढी कार्ययोजनाबारे जानकारी दिँदै उनले त्यसमा सहकार्य गर्न तथा आवश्यक प्रस्तावना लिएर छलफलमा आउन चलचित्र पत्रकार संघ तथा जिफान कार्यसमितिलाई आग्रहसमेत गरे ।
चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरी, पूर्व सहसचिव विजय नेपाल, सचिव सन्तोष बस्याल, जिफानका नवनिर्वाचित अध्यक्ष राजबहादुर गुरुङ (राजेश), जिफानका पूर्व अध्यक्ष भोजबहादुर गुरुङ लगायतले पोखरा क्षेत्रको चलचित्रको अवस्था र अवसरबारे बताएका थिए ।
सोही अवसरमा चलचित्र विकास बोर्डका नवनिर्वाचित अध्यक्ष डिसीलाई सफल कार्यकालको शुभकामनासहित स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१