पुसमा २० औं लेखनाथ महोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८१
Lekhnath Mahotsav Press Meet

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ ।

आगामी १८ पुसदेखि १ माघसम्म पोखरा–२७, तालचोकमा हुने उक्त महोत्सवको पहिलो चरणको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक विनोद श्रेष्ठले संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिस्किृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

उनले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशीलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

संघकी महासचिव एवं महोत्सवका प्रचारप्रसार संयोजक जानुका पराजुलीले औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्नका सामान, फेन्सी, कस्मेटिक तथा शृङ्गारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामान, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, लेखनाथ क्षेत्रका गतिविधि, फुड फेस्टिबल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रदर्शनी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने बताइन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा ३३६ स्टल रहने

महोत्सवको थप आकर्षणमा गौतम बुद्धको प्रतिमा, नवप्रतिभा खोजी अन्तर्गत खुला युगलजोडी नृत्य प्रतियोगिता, महिलाहरुको क्षमता अभिबृद्धिका लागि महिला समूहबीचहाजिरी जवाफ प्रतियोगिता पनि हुनेछ । महोत्सवमा कुल ३ सय ३६ स्टल रहने छन् ।

महोत्सवमा अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् ।

महोत्सवमा जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी¥याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत, शैक्षिक प्रदर्शनी, विद्यालयस्तरीय कार्यक्रम, विद्यालयस्तरीय खुला चित्रकला प्रतियोगिता, पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रियस्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्यङ्ग्य), बाल उद्यान हुनेछ । साथै खाना महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएकोे छ ।

महोत्सव बचतबाट प्रदर्शनीस्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनायो ।

महोत्सवका मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले संस्थाको सामाजिक उत्तरदायित्वसँगै स्थानीय मेला महोत्सवको प्रवद्र्धन गरी यस क्षेत्रको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले सहकार्य गरिएको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाडपर्वरुपमा लिंदै आएको र उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रवद्र्धन र ब्राण्डिङ गरिनुपर्ने बताए ।

संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपमहासचिव भरत ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सवका कार्यक्रम व्यवस्थित गर्न ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समिति एवं ४७ वटा उपसमिति गठन गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजक उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश हुन् । प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width