कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८१
kritipur

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा डङ्गोलले ५३३४ मत प्राप्त गरी विजयी भएएको निर्वाचन आयोगले जनाएको छ ।

डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४५५५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा सुरेन्द्र मानन्धरले ४३३७ मत प्राप्त गरे ।

विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले २०३६ र कविकुमार महर्जनले १३१४, दिनेशकुमार अधिकारीले १०४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ९९५ मत प्राप्त गरे ।

निर्वाचित भएपछि डङ्गोलले नगरको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width