पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।
यही २९ मंसिरदेखि ३ पुससम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा गण्डकीका माध्यमिक तह विद्यालयले भाग लिन सक्ने छन् । सोमबारदेखि टिम दर्ता सुरु भएको छ ।
गण्डकी विश्वविद्यालय नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालय हो । यहाँ स्नातक तहमा खेलकुद व्यवस्थापन विषयसमेत पढाइ हुन्छ । नेपाली महिला भलिबल टिम कप्तान अरुणा शाही समेत यही अध्ययनरत् छन् । यसबाहेक विश्वविद्यालयले विभिन्न खेलकुदका कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ ।
२०७७ सालमा स्थापित यो विश्वविद्यालयले २ वर्षअघि प्रथम कुलपति रनिङ शिल्ड आयोजना गरेकोमा कालिका माविले उपाधि जितेको थियो ।
यसपालि विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई १५ हजारसहित ट्रफी प्रदान गरिनेछ ।
खेलकुद व्यवस्थापन संकाय संयोजक सुवेदीले फुटबल प्रतियोगिताले स्नातक तहको खेलकुद व्यवस्थापनको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरे ।
प्रतियोगिताका सम्पूर्ण खेल नकआउट चरणमा खेलाइनेछ ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१