पोखरामा आजदेखि कोटिहोम

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८१
koti home 1

पोखरा । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि ऐतिहासिक शुक्लागण्डकी कोटिहोम हुँदैछ । १७–२७ मंसिरसम्म चल्ने कोटिहोमको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम छ ।

कोटिहोमस्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी भव्य रुपमा सजावट गरिएको छ । उद्घाटन पूर्व पोखरा वडा १५ कार्यालयबाट बिहान १० बजे कलश यात्रा सुरु हुने धामका अध्यक्ष मदन गिरीले बताए । वडा कार्यालय अगाडिबाट सुरु हुने कलशयात्रा राधोराधे मन्दिर, रामबजार, घलेचोक, टुटुंगा, नयाँगाउँ, वन क्याम्पस, किन्तपुरचोक, ढुंगेसाँघु चोकहँुदै पट्नेरी धाममा पुग्नेछ ।

कोटिहोमका प्रमुखवाचक धामका संरक्षक एवं यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल हुन् । कोटिहोममा १५ भन्दा बढी वाचकलाई निम्ता दिएको जनाएको छ ।

धाममा १०८ शिवलिंग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिंढी, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यका साथ गण्डकीमै पहिलोपल्ट कोटिहोम आयोजना गरिएको समिति उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • ‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’

    आदर्श समाज सम्वाददाता पौष ३, २०८१
    पोखरा । भक्ति संगीतको इतिहास धेरै पुरानो रहेको र वर्तमानमा यसको सम्बद्र्धन गर्न जरुरी रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका…
  • शिवालय मन्दिर उद्घाटन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा–१५, ढुंगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्घाटन गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width