पोखरा।पोखरामा आयोजित छैटौं गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडल माध्यमिक विद्यालयको टिम प्रथम भएको छ । सोही विद्यालयको अर्को टिम दोस्रो भयो ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीको आयोजनामा भएको प्रतियोगितामा पोखरा ८, नागढुंगास्थित न्यू मोडल गत वर्ष पनि च्याम्पियन बनेको थियो । अनिज पोखरेल र सुरज जैसवालको टिम यसपालि प्रथम भएको हाे । प्रथमले १५ हजार, ट्रफी र प्रमाणपत्र जितेको छ ।
साईमोन क्षेत्री र ओजस्वी पाैडेलको टिम दोस्रो हुँदै १० हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार पायो ।
डायमण्ड मावि, पोखरा तेस्रो भयो । उसले ८ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । मदरल्याण्ड मावि ए, मदरल्याण्ड मावि बि, एसओएस हर्मन माइनर विद्यालय सान्त्वना हुँदै समान ४ हजार पुरस्कार प्राप्त गरेका छन् ।
मदरल्याण्ड माध्यमिक विद्यालयको प्रायोजनमा गत १४ र १५ गते भएको प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास, शिक्षा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा र गण्डकी विश्वविद्यालयका डिन डा. कपिल उपाध्यायले संयुक्त उद्घाटन गरेका थिए । समापनमा प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्साल थिए ।
स्टान कास्की अध्यक्ष शान्तराम लामिछानेको अध्यक्षतामा भएको समापनमा स्टान गण्डकी अध्यक्ष राजकुमार ढकाल, सचिव सुजन लम्साल, मदरल्याण्ड माविका प्राचार्य डा. नारायण बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियाेगितामा १ सय ४ विद्यालयले लिएका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१