पोखरा । कृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक स्कुलका संस्थापक हुन् । उनको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो ।
उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डा. टेकनारायण पौडेल (हिमालयन बोर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एसओएस हर्मन माइनर) चयन भएका छन् । सदस्यमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर, मनकाजी गुरुङ र चिनबहादुर रानाभाट चयन भएको जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
महासंघमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका सबै संस्थाहरुलाई महासंघमा समेटिएको अध्यक्ष केसीले बताए ।
नेपाल विद्यालय खेलकुद महासंघको साधारणसभा तथा निर्वाचनका लागि कास्कीबाट जिल्ला अध्यक्ष कृष्ण केसीलाई प्रतिनिधिरुपमा सफिारिससमेत गरिएको छ । जिल्ला खेलकुद विकास समिति रोहवरमा शुक्रबार भएको भेलाले जिल्ला कार्यसमिति चयन र केन्द्रीय प्रतिनिधि चयन गरेको हो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१