लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो ।
प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण व्यवसायी समितिका संस्थापक अध्यक्ष किसानसिं गुरुङले भूकम्पपछि परिवर्तित अवस्थामा नयाँ बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउन सरकारले देशभर आचारसंहिता लागु गरेको बताए । उनले विनाशकारी भूकम्पमा ध्वस्त भएका घर तथा संरचना भूकम्पप्रतिरोधी नभएकाले ठूलो क्षति भएको भन्दै सरकारले आचारसंहितालाई कडाइसाथ लागु गर्ने सरकारको लक्ष्य रहेको र यसलाई निर्माण व्यवसायीहरुको पनि लक्ष्य मानेर संस्थामा आबद्व ३ सय ३६ सदस्यलाई समेटेर अगाडि वढ्न अनुरोध गरे ।
इ.अनिल ढुंगानाले भवन निर्माण, माटो परीक्षण, कुलो, नहर, पानीट्यांकी, बाटो, खोला, तालतलैयालगायतको पछिल्लो पटक लागु भएका आचारसंहिताको विषयमा प्रशिक्षित गराएका थिए । २०७२ को भूकम्प, गएका २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवनसंहिता तथा यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्पप्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवनसंहिता अद्यावधिक गरिएको बताउँदै संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्पप्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्ने बताए ।
सामाजिक सुरक्षा कोष गण्डकी प्रदेशका लेखा अधिकृत रमेश ढुंगेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा जानकारी गराए ।
निर्माण व्यवसायी समितिका अध्यक्ष भीमबहादुर नेपालीले नयाँ समिति निर्वाचित भएको सय दिन पूरा गरेको अवस्थामा अधिवेशनको समयमा गरिएका अधिकांश प्रतिबद्धतालाई कार्यान्वयनको चरणमा लगिएको बताए ।
निवर्तमान अध्यक्ष प्रेम थापाले अग्रजले सुरुआत गरेका योजना पूर्णता दिँदै सम्पूर्ण व्यवसायीहरुको हितमा अघि बढ्ने कोशिसमा रहेको बताए । पूर्व अध्यक्ष रामबहादुर गुरुङले निर्माण व्यवसायीले भवन निर्माण गर्दा व्यावहारिक, जीवनोपयोगी एवं संहिताबमोजिमको होओस् भन्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताए ।
संस्थाका अध्यक्ष भीमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवनकुमार परियार र सञ्चालन सचिव बुद्धराज बस्यालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१