पोखरा । नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको छ ।
यस्तै, गण्डकी प्रदेशलाई आईटी हब रुपमा बिस्तार गर्ने, गण्डकी ट्राभल एण्ड टुरिजम अभियान सञ्चालन गर्ने, प्रदेशका साना तथा मझौला कृषि उत्पादकले उत्पादन गरेका कृषि सामाग्रीहरु सोझै उत्पादकको हातसम्म पु¥याउन डिजिटल एप्समार्फत कृषक र उपभोक्ताको सञ्जाल जोड्न सरकारलाई पहल गर्ने, युवालाई लक्षित गरी स्टार्टअप माध्यमबाट उद्यमशीलता कार्यक्रम मार्फत युवा उद्यमशीलता र व्यक्तित्व विकाससम्बन्धी तालिम सञ्चालन गर्ने, युथ इन्नोभेसन सेन्टर स्थापना गरी स्वरोजगारयुक्त तालिम सञ्चालन गर्ने, एक पालिकाःएक दोभाषे तथा सांकेतिक भाषाको तालिम संचालन गरी प्रदेशका सम्पूर्ण बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सूचना तथा अवसरमा समावेश गराउन र स्वरोजगार बनाउन विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकाससंगै समग्र क्षेत्रमा पहुँचको अभिवृद्धि गरी समावेशीकरणमा जोड दिँदै सबै क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माण गर्न सरकारलाई ध्यनाकर्षण गर्ने लगायत बुँदा समेटिएको नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।
यस्तै, गण्डकी प्रदेशमा प्लाष्टिक सामाग्रीको प्रयोगमा न्यूनीकणसँगै अव्यस्थित शहरीकरणलाई व्यवस्थापन गर्नका लागि अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन, इन्टरनेटका तारलाई भूमिगत गरी क्लीन एण्ड ग्रिन सिटी अभियान सञ्चालनका लागि पहल गर्ने, बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, खाल्डाखुल्डी रहित सडकका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न पहल गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने विषयलाई सम्मेलनले जोड दिएको छ ।
न्यायिक कार्य सम्पादनलाई चुस्त एवं छिटो न्याय प्रदान गर्न कानूनी सहायता एवं सुझाव संकलन केन्द्र सञ्चालनको लागि पहल गर्ने र समय–समयमा विभिन्न विषय तथा घटनाहरुमा गलत सूचना सम्प्रेषण हुने हुँदा सहि सूचना वा सन्देश प्रवाह हुनुको सट्टा गलत जानकारी सम्प्रेषण हुँदा आम नागरिकहरु भ्रमित हुने क्रम बढ्दो रहेको अवस्थामा मिसइनफरमेसन, डिसइनफरमेसन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न, प्रत्येक विद्यालयमा सामाजिक न्याय शिक्षा सुदृढीकरण र आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम बनाउन पहल गर्ने सम्मेलनको जोड छ ।
पोखरामा २ दिनसम्म चलेको सम्मेलनको शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । समापन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गरेका थिए ।
सम्मेलनमा गण्डकीका विभिन्न जिल्लाबाट करिब २ सय जना युवाले भाग लिएका हुन् । ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ यसअघि बागमती, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिममा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको छ ।
तीनै तह अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको बानियाँले बताए । प्रदेश युवा सम्मेलनले हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन सन् २०१९ देखि यो सम्मेलन सुरु भएको उनको भनाइ छ । यो तेस्रो संस्करणको सम्मेलन हो ।
उद्घाटन अवसरमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको थियो । सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य विधामा क्रियाशील उनीहरुलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।
सम्मानित हुनेमा महिला तथा बालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारिता क्षेत्रबाट विजय नेपाल, समाजसेवाबाट प्रेन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रविन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल सम्मानित भएका हुन् । सोही अवसरमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मान गरियो ।
‘आइकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियन्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी थिए । उक्त छनोट समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशमा क्रियाशील १० जना युवा छनोट गरी लागि सिफारिस गरेको थियो ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१