पोखरा । चर्चित टिकटकर एवं समाजसेवी गिभिना मगरमाथि बज्रचोट परेको छ । उनले आमा र भाइलाई एकैपटक गुमाएकी छन् । अनपेक्षित यी शृङ्लाबद्ध अप्रिय खबरले २७ वर्षीया गिभिनालाई कमजोर बनाएको छ ।
शुक्रबार साँझ पोखरा–२५, हेमजामा जेब्राक्रसबाट सडक पार गर्दै गर्दा ५५ वर्षीया आमा धनकुमारी बुढामगरलाई ट्रकले ठक्कर दिएको हो । पति गणेशसँगै उनी घान्द्रुकबाट फर्किने क्रममा थिइन् । ठक्करबाट घाइते उनलाई ततकालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । पतिलाई केही भएको छैन ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजा याम्दीको क्रान्तिटोलमा शुक्रबार साँझ साढे ७ बजे उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले ग२ख १४६० नम्बरको ट्रक र ट्रक चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ स्थायी घर भइ हाल पोखराको बगर बस्ने ट्रकचालक ४५ वर्षीय पृथ्वीप्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
गिभिना परिवारकी जेठी छोरी हुन् । उनका दुई जना भाइ हुन् । आमाको सडक दुर्घटनामा मृत्युपछि सहन नसकी उनका कान्छा भाइले झुण्डिएर आत्महत्या गरेका हुन् । शनिबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष मोतीलाल तिम्सिनाले बताए ।
दीनदुःखीको सेवामा सधैँ लागिपर्ने गिभिना केही वर्षयता टिकटक मार्फत चर्चित छन् । उनका लाखौं फ्यान छन् । सानैदेखि सामाजिक कार्यमा रुची राख्ने गिभिनाले गत सातामात्र धरानका किरण लिम्बुसँग लगनगाँठो कसेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१