पोखरा । नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनीत भएका छन् ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीका सहसचिवसमेत रहेका सिग्देललाई बिहीबार प्रवक्ता मनोनीत गरेका हुन् ।
नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्ता मनोनयन गरिएको पत्रमा उल्लेख छ । नियुक्त गरेसँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको नीति, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झैं सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गरे ।
सिग्देल कास्कीको १४आंै जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए । १३ औं अधिवेशनबाट सदस्य निर्वाचित उनले अघिल्लो कार्यकाल पनि ३ वर्षभन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन, कास्कीको निवर्तमान अध्यक्ष हुन् । उनी आदर्श समाजको पूर्व कार्यकारी सम्पादकसमेत हुन् ।
उनले देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्त डगमगाउन नदिने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
प्रधानमन्त्री ओली चीन प्रस्थान
गण्डकी प्रदेश भौतिक मन्त्रालय : पहिलो चौमासिकमा १० प्रतिशत खर्च
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१