पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको १७ औं हिसान कास्की स्पोर्टस मिट–२०८१ शुक्रबार समापन हुँदैछ । गत ११ मंसिरदेखि चलेको प्रतियोगिताको समापनमा विजयीलाई पुरस्कृतसमेत गरिनेछ ।
बिहिबार प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भए । जसमा मदरल्याण्ड च्याम्पियन भयो । समग्रमा मदरल्याण्डले माविले ७ अंक प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुँवरले जानकारी दिए ।
विश्वविद्यालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अंका साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अंकका साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अंकका साथ तेस्रो स्थान प्राप्त गरे ।
छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदरल्याण्डका दीप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदरल्याण्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् ।
छात्र सिंगल्समा मदरल्याण्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदीक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे ।
प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदरल्याण्डका दीप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरे ।
छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे ।
विजयीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्की अध्यक्ष दिवाकर जैशीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै, छात्र भलिबलमा प्रतिभा मावि र गुरुकुल मावि, सिर्जना र न्यू ग्यालेक्सी सेमीफाइनल प्रवेश गरे । छात्रा भलिबलतर्फ सिर्जना र सगरमाथा तथा करुणनिधि मावि र गुरुकुल मावि सेमिफाइनलमा भिड्ने छन् ।
बास्केटबलमा प्रतिभा मावि र मनकामना तथा न्यू ग्यालेक्सी र कास्की मोर्डनाइज्ड अन्तिम चारमा प्रवेश गरे । क्वार्टरफाइनलमा प्रतिभाले ग्लोबललाई ५२–२५, मनकामनाले सोसल पब्लिकलाई ३६–१५, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ५०–४० र न्यू ग्यालेक्सीले मेरीगोल्डलाई ४८–२१ ले पराजित गरेको बास्केटबलका संयोजक खिमबहादुर गुरुङले जानकारी दिए ।
स्पोर्टस मिटमा प्लस टु, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेल बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धामा प्रतिस्पर्धा जारी छ ।
Related News
सम्बन्धित समाचार
२५ औं आदर्श कप
पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक
गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी
टेनिसमा १० देशका खेलाडी
१८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१