किरून्जे नेरेगुमा झोलुङ्गे पुल 

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८१
bridge
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११, किरून्जे नेरेगु स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
नौलो घुम्ती नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको २५ प्रतिशत म्याचिङ फण्ड गरी कुल ९६ लाख लागतमा सो पुल निर्माण गरिएको हो । कुल १ सय २० मिटर लम्बाइको सो पुल जिल्लाकै सबैभन्दा अग्लो स्थानमा बनेको दाबी छ ।
पुल उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ठूलो मेहेनतका साथ पुल निर्माण गरिएको जनाउँदै पुलले त्यस क्षेत्रका वासिन्दाको जीवनयापनमा सहजता थप्ने औँल्याए । गाउँपालिका विकासको पक्षमा रहेको भन्दै पालिका अध्यक्ष केसीले विकास निर्माणमा चाँसो राख्न स्थानीयलाई सुझाए ।
वडाध्यक्ष हिमबहादुर गुरुङले वडा सधँै जनताको साथमा रहेको स्पष्ट पार्दै जनताका दुःखसुख बुझ्ने प्रयास भइरहने जनाए ।
त्यस अवसरमा निर्माण समिति अध्यक्ष विकल कुँवर, राम गुरुङ, नौलो घुम्तीका इन्जिनियर पदम गुरुङ साथै घुर्जङ आमा समूह, मलेचे आमा समूह तथा किम्रोङ आमा समूहका प्रतिनिधिले पनि भनाइ राखे ।
निर्माण समिति अध्यक्ष कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम सेञ्चुरी युवा क्लब अध्यक्ष मिकास गुरुङले संचालन गरे।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width