पोखरा बहुमुखीको विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८१
pokhara mutliple campus

पोखरा । पोखरा बहुमुखी क्याम्पसको ३८ औं साधारणसभा तथा वार्षिकोत्सव पूर्व सन्ध्यामा बिहीबार कविता वाचन भयो । यसअघि निबन्ध प्रतियोगितालगायत कार्यक्रम भइसकेका छन् ।

कविता प्रतियोगितामा क्याम्पसका विभिन्न शैक्षिक संकायका १२ जना विद्यार्थीले भाग लिएका थिए । निबन्ध प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी थिए । उनीहरुले प्रकृति, वातावरण संरक्षण, सामाजिक विभेद, शिक्षा, स्वस्थ्य लगायत विषयमा निबन्ध तथा कविता लेखेका थिए ।

निर्णायकमा प्राध्यापकहरु अनुपमणि अधिकारी, आइतकुमारी गुरुङ र बिदुर पराजुली लगायत थिए । प्रतियोगिताको नतिजा शुक्रबार हुने साधारणसभा तथा वार्षिकोत्सव मूल समारोहमा घोषणा गरिनेछ ।

वार्षिकोत्सव पूर्व सन्ध्यामा क्याम्पसले व्यवस्थापन विभाग प्रमुख प्राध्यापक दीपक घिमिरेको संयोजकत्वमा रक्तदान कार्यक्रम र मानविकी विभाग प्रमुख पुष्पराज अधिकारीको संयोजकत्वमा सरसफाइ कार्यक्रम गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width