पोखरा । झण्डै २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिखेल आन्तरिक उडानमै सीमित छ । नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि कारण खोज्न तथा उडान सुनिश्चित गर्न पोखरा उद्योग वाणिज्य संघले बिहीबार सरोकारवालाबीच अन्तक्र्रिया ग¥यो ।
कार्यक्रममा विमानस्थल उपनिर्देशक जसुधा सुवेदीले प्राविधिक कारणले नै यहाँबाट अन्तर्राष्ट्रिय उडान नभएको अफवाह खारेज गरिन् । ‘एयरपोर्ट अत्याधुनिक छ, हामी सबै ढोका खोलेर बसेका छौं, जतिबेला पनि यहाँबाट उडान हुनसक्छ,’ उनले भनिन् । उनले शुक्रबारमात्र पनि भारतबाट जेल एयरको चार्टर्ड विमान आएको बताउँदै हालसम्म भएका ९ वटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि भएको उनको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकाश साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानको लागि कुनै अवरोध नभएको बताए । उनले विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औंल्याउँदै विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताए । ‘म आफैँ अहिलेसम्म एउटै बस चढेर एयरपोर्ट जान पाएको छैन,रातको समयमा यात्रुहरु अलपत्र परेको पनि सुनेका छौँ, कम्तिमा यात्रुलाई सुविधा दिने यस्ता कुरा त बन्नुप¥यो नि,’ उनले भने ।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पको बेला १७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरणमात्र गराएनन्, एयरपोर्ट न्यारो बडी विमानबाट अन्तर्राष्ट्रिय उडान भर्नसक्ने गरी बनाइएको दोहोर्याए । उनले एयरपोर्टको धावन मार्ग नै होँचो बनाइएकाले ठूला जहाज नआएको, प्राविधिक रुपले समस्या रहेकाजस्ता कुराहरु हल्लामात्र भएको पनि जिकिर गरे ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नको लागि यात्रु हुनुपर्ने तर्क गरे ।
विमानस्थल उपनिर्देशक जसुधा सुवेदीले प्राविधिक कारणले नै यहाँबाट अन्तर्राष्ट्रिय उडान नभएको अफवाह खारेज गरिन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा एयरपोर्टसँग पोखरा उद्योग वाणिज्य संघको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको लागि संघले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने घोषणा गरे ।
संघको २०४२ मंसिर २ को कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति दबाब दिने, पैरवी गर्ने निर्णय गरेको र त्यसपछि लामो रिले अनसनकोसमेत नेतृत्व गरेको स्मरण गरे । ‘हामीले एयरपोर्ट निर्माणको सम्झौता हुँदै गर्दा २०६८ चैत ११ मा प्रेस विज्ञप्तिमार्फत विमानस्थल निर्माणको काममा भाँजो नहाल्न चेतावनीमात्र दिएनौं, आन्दोलनकै घोषणा पनि गर्यौं,’ उनले भने, ‘विमानस्थल निर्माणको विपक्षमा एउटा गिरोह नै सक्रिय भएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति रिले अनसनमा उत्रियो । २०६९ भदौ ७ देखि पोखराको पुरानो विमानस्थल अगाडि सुरु रिले अनसनको १ सय ५१ शङ्खला चले । बीचमा १५ दिन स्थगित भएर पुनः सुरु भएको अनसनमा २ हजार ४०२ जनाले सहभागिता जनाउनुभयो । २०६९ मंसिर २ गतेसम्म अर्थात् ८५ दिनको नागरिक दबाब आन्दोलनपछि मुग्लिन–पोखरा नाका ठप्प पार्ने, सिंहदरबार घेर्नेलगायतका कार्यक्रम भएको पनि स्मरण गर्न चाहन्छु ।’
पछिल्लो समय त यसका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीका टिप्पणी उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको पनि दोहो¥याए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चाहिँ चिर्नुपर्ने बताए । उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम चाहिँ निजी क्षेत्रले पनि गर्ने उनको भनाइ थियो । उनले भने, ‘एयरपोर्ट चल्दैन भन्ने पश्चगामी सोच खारेज गर्नुपर्छ ।’
पोखरा उद्योग वाणिज्य संघ महासचिव शोभा गौतमले संचालन गरेको कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा च्याम्बर अफ कमर्स अध्यक्ष उमराज बास्तोला, पोखरा पर्यटन परिषद् महासचिव जीवन सापकोटा, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टीकाराम सुवेदीलगायतले बोल्दै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गरे ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१