पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनको समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार एक कार्यक्रम आयोजना गरिएको छ ।
होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । ‘कमाउँदै सिक्दै’ मान्यताअनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनक्रममा आइपर्ने समस्या कसरी निराकरण गरेर लैजान सकिन्छ भन्नेबारे चर्चा गरिएको थियो । सो अवसरमा संघ अन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारीको उपस्थिति थियो ।
स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले इन्स्योर परियोजनामार्फत प्रि–डिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम संचालन गर्दै आएको छ ।
सिटिइभिटीको प्रिडिप्लोमा तहबमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना तोकिएको हो । उक्त अवधिमध्ये साढे ३ महिना शिक्षालयमा र साढे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान रहेको छ । कार्यक्रम अन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता ८ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पारे । होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्द रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले प्रष्ट्याए । प्रशिक्षार्थीले विचमै होटल छाडेर हिंडने समस्या समाधानमा ध्यान दिनुपर्ने चर्चा सो अवसरमा गरिएको थियो ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमार्फत नेपालका युवा, महिला तथा पुरुषहरुलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्देश्य २०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ । रोजगारी, श्रम बजारको आबश्यकतालाई सम्बोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्धेशय पनि रहेका छन् । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट)प ्रकृतिको हो ।
‘कमाउँदै सिक्दै’ मान्यता अनुशरण गर्दै सैदान्तिक र व्यवहारिक दुबै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । सरकारको तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक १ सय यातायात खर्च, प्रि डिप्लोमा तहको प्रमाणत्र लगायतका सुविधा प्रशिक्षार्थीका लागि रहेका छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भए पनि कार्यक्रम सहयोगी हुने बताए । सीप सिकेको जनशक्ति वैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नुपरेको उनले बताए । हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौतिको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुने भनाइ राखे ।
होटल संघ पोखरा नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले धन्यवाद ज्ञापन गर्दै अप्रेन्टिसिप कार्यक्रमको सराहना गरे । सिटिइभिटीअन्तर्गत पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
हिमालय माविमा श्यामप्रसाद
वाराही माविको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१