शान्ति निकेतनमा खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८१
shanti niketan

पोखरा । शान्ति निकेतन स्कुल, पस्र्याङमा दुइदिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले उद्घाटन गरे । उनले कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरेका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव समेत रहेका गुरूङले अध्ययनसँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिँदै यसका लागि अभिभावकले नै प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले खेलले हारमा पनि आशा जगाउन सिकाउने बताउँदै खेलकुदले जिन्दगीमा आइपर्ने दुःखसुखसँग सामना गर्न सक्ने क्षमताको वृद्धि गर्ने उल्लेख गरे । खेलकुदमा जात, धर्म, वर्गमा विभेद नगर्ने भएकाले समान भावनाको विकास गराउने बताए । आफ्नो बच्चालाई अरुसँग तुलना गर्न नहुने सुझाव दिँदै उनले तुलना गर्दा बच्चाले उनीहरुसँग हीनताबोध गरेर झनै आत्मविश्वास गुमाउने बताए ।

स्कुलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कले राम्रो ज्ञान प्राप्त गर्ने हुँदा विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए । डा. पराजुलीले शान्ति निकेतन उत्कृष्ट नतिजाका कारण परिचित बनेको बताउँदै अतिरिक्त तथा खेलकुद क्षेत्रमा पनि स्कूलका विद्यार्थीले विद्यालयको नाम राख्नेमा आशावादी रहेको बताए ।

विद्यालयका सल्लाहकार सोमनाथ भूत्र्यालले विद्यालयको अभिभावकको पक्षबाट हेर्दा विद्यालयको प्रगतिका कारण आफू निकै खुशी रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भूत्र्यालले शान्ति निकेतनका विद्यार्थीको उत्कृष्ट नतिजाका कारण विद्यालय व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थीहरु सबै गौरवान्वित रहेको बताए ।
कार्यक्रममा पत्रकार कमल पौडेल ‘अथक’, सहप्राचार्य यदुविलास भूत्र्याल, परीक्षा संयोजक हेम सुवेदीलगायतले बोलेका थिए ।

कुल २ सय ९० पदकका लागि भएको खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, चेस, सटपुटलगायत खेल हुनेछन् । सिनियर (कक्षा ६–९), प्राइमरी सिनियर (कक्षा ३–५), प्राइमरी जुनियर (कक्षा १–२), प्रि–प्राइमरी जुनियर (नर्सरी–यूकेजी), प्रि–नर्सरी तहमा प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…
  • पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । यही २९ मंसिरदेखि…
  • टेनिसमा १० देशका खेलाडी

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुँदैछ ।…
  • १८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ तयारीमा जुटेको छ । यही मंसिर…

hero news full width