पोखरा । पोखरा–१३, आर्वा–विजयडाँडामा दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ सुरु भएको छ ।
३ दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरे । उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे ।
उनले भने, ‘इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रियस्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ । यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवद्र्धनमा यस्ता प्रतियोगितामार्फत टेवा पुग्ने उनले बताए । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको भनाइ उनको छ ।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको अनुरोध छ ।
वडाध्यक्ष किरण बरालले समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने बताए । ‘हाम्रो वडा १३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ,’ उनले भने ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा इ–बाइक गरी १४ मंसिरसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
२५ औं आदर्श कप
पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक
गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी
टेनिसमा १० देशका खेलाडी
१८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१