पोखरा । लुम्बिनी बौद्ध विश्वविद्यालयले पोखरामा अनुसन्धान केन्द्र स्थापना गर्ने भएपछि सोको लागि तयारी सुरु भएको छ । केन्द्रको गण्डकी प्रदेश सम्पर्क कार्यालयमा बुधबार आयोजित भेलाले प्रदेश राजधानी पोखरामा प्रदेशको बौद्ध सम्पदा, संस्कृति, साहित्यलगायत विषयमा अध्ययन अनुसन्धान गर्न केन्द्र स्थापनाका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रियाका लागि डा. मेखबहादुर खत्रीको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिले गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, गुम्बा विहारका महास्थविर, स्थविर, भन्ते, गुरूहरु, विद्वानहरू, बौद्ध संस्थाका प्रतिनिधि, सरकारी अधिकारी, बौद्ध समुदाय, दाता र बौद्ध धर्ममा आस्था तथा रुचि राख्ने व्यक्तित्वबीच अन्तरक्रियात्मक गोष्ठी गर्नेछ ।
समिति सदस्यमा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, ध्येछेलिङ बौद्ध गुम्वा दीपका सचिव नरेन्द्रमान लालचन, धर्मशिला बुद्ध विहारका अध्यक्ष श्याम शाक्य, विश्व शान्ति स्तुपका अध्यक्ष उत्तममान बुद्धाचार्य, मगर बौद्ध बद्धिजीवी परिषद्का अध्यक्ष टिवि पुन, बुद्ध जयन्ती समारोह समिति कास्की अध्यक्ष टेकबहादुर तामाङ छन् । यस्तै, बुद्ध जयन्ती समारोह समिति कास्कीका सल्लाहकार सोनाम साङ्पो, धर्मशिला बुद्ध विहारका उपासक रविन कायस्थ, पोखरा इन्जिनियरिङ कलेजका प्रमुख प्रशासक चिजकाजी गुरुङ, सत्धर्म सभा धर्म संघ बुद्ध विहार अध्यक्ष तेजेन्द्र शाक्य, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अध्यक्ष महेश पराजुली, ग्रिन डेभलपमेण्ट बैक लिमिटेडका डेपुटी सिइओ तथा बौद्ध दर्शनका अध्येता प्रकाश गुरुङ छन् । संरक्षकमा धर्मशिला बुद्ध विहार नदीपुरका प्रमुख भिक्षु धजवन्ता, पञ्चासे बुद्ध विहार पर्वतका धर्मानुशासक मीन गुरु र श्री उज्जेन छ्योलिङ बौद्धिष्ट गुम्वा लेकसाइडका प्रमुख लामा थुप्टेन अशोक गुरुङ रहेका छन् ।
समितिले गण्डकी प्रदेशको बौद्ध दर्शन, साहित्य र शिक्षा, सम्पदा र संस्कृतिको अध्ययन अनुसन्धानको लागि सरोकारवालाई जानकारी गराउने, सम्बन्ध विस्तार गरी साझेदारी निर्माण गर्ने र सहयोग जुटाउने, बौद्ध दर्शन, साहित्य, सम्पदा, शिक्षा र संस्कृतिको अध्ययन अनुसन्धानको लागि पोखरामा अनुसन्धान केन्द्र स्थापनाका लागि आधार तयार गर्न साझेदारबीच लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्देशन र सहभागितामा गण्डकी प्रदेश स्तरिय अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्नेछ ।
भेलाका प्रमुख व्यक्तित्व धर्मशिला बुद्ध विहार नदीपुरका प्रमुख भिक्षु धजवन्ताले यस प्रदेशमा बौद्ध अनुसन्धान केन्द्रको ठूलो सम्भावना रहेको साथै यसले छरिएर रहेका विषयलाई जोड्ने बताए ।
पञ्चासे बुद्ध विहार पर्वतका धर्मानुशासक मीन गुरुले बौद्ध अनुसन्धान केन्द्र स्थापनाको लागि सबै पक्षबाट पहल गर्नुपर्ने बताए । श्री उज्जेन छ्योलिङ बौद्धिष्ट गुम्वा, लेकसाइडका प्रमुख लामा थुप्टेन अशोक गुरुङले बौद्ध अनुसन्धान केन्द्रलाई यस प्रदेशको गहनाको रुपमा अगाडि बढाउन मन वचन र कर्मले सहयोग गर्न आह्वान गरे । सहभागी वक्ताले गण्डकी प्रदेशमा बौद्ध अनुसन्धान केन्द्र स्थापना हुनु यस प्रदेशको गौरवको कुरा भएको र यसका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
दीपक समीप पुरस्कृत
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१