पोखरा । १७औं हिसान कास्की स्पोर्टस् मिट–२०८१ अन्तर्गत पोखरा रंगशालामा बुधबार पनि विभिन्न खेल भए । छात्रा बास्केटलबलको उपाधि प्रतिभा माविले जितेको छ ।
हिसान कास्की आयोजनामा मंगलबार प्लस टु छात्रा बास्केटबल फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो भएको हो । प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अंक जोडेकोे हिसान कास्की सचिव किरण सापकोटाले बताए ।
यस्तै, छात्रा बास्केटबलमा कास्की मोर्डनाइज्डले तेस्रो स्थान हात पारेको छ । उसले मदरल्याण्डलाई ३४–६ ले पराजित गरेको हो ।
प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि, ग्लोबल कलेजियट, सोसल पब्लिक मावि, मनकामना मावि र कास्की मोर्डनाइज्ड क्वाटरफाइनलमा प्रवेश गरेको बास्केटबल खेलका संयोजक खिमबहादुर गुरुङले बताए । केएमएले गुरुकुललाई ३५–२४ ले, पोखरा युनाइटेडले मनकामनालाई ४९–०३ ले, सोसल पब्लिकले त्रिवेणीलाई ३५–२७ ले, ग्लोबलले बालकल्याणलाई ३६–३१ ले, प्रतिभाले पोखरा आदर्शलाई ६१–०९ ले, न्यू ग्यालेक्सीले शान्ती निकुञ्जलाई ६३–२ ले, मेरीगोल्डले नाभलाई ३७–२४ ले, माउन्ट अन्नपूर्णले टप्सलाई ४६–२८ ले पराजित गरे ।
विश्वविद्यालय छात्रा बास्केटबलमा २ खेल भए । पोखरा इन्जिनियरिङ कलेजले गेन्सलाई २२–२ ले पराजित गर्दा लेकसिटीले इन्फरमेटिक्सलाई २५–०६ ले पराजित गरेको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले बताए ।
भलिबलअन्तर्गत छात्रर्फ ११ र छात्रातर्फ १० खेल भए । छात्रतर्फ पोखरा आदर्श, मावि, यूनिभर्स मावि, पश्चिमाञ्चल, लिटिल स्टेप, ग्लोबल, स्नोभ्यू, केफ, माउन्ट अन्नपूर्ण, सिर्जना मावि र गुरुकुल माविले आ–आफ्नो खेल जिते ।
यस्तै, छात्रातर्फ न्यू ग्यालेक्सी, सगरमाथा, केफ, पोखरा आदर्श, प्रतिभा, केएमए, सिर्जना र गुरुकुलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।
टेबुल टेनिसतर्फ प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङतर्फका केही क्वाटरफाइनलका खेल सम्पन्न भएको संयोजक नारायण आचार्यले बताए । बुधबार विश्वविद्यालयतर्फका सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।
उता, व्याडमिन्टनतर्फ समेत प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङतर्फका क्वाटरफाइनलका खेल सम्पन्न भएको संयोजक पुरन कुँवरले बताए । उनका अनुसार बुधबार सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने छन् । बिहीबार नै पुरस्कार वितरण समेत गरिने छ ।
१४ मंसिरसम्म संचालन हुने स्पोर्टसे मिटमा प्लस टु, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा भएको छ । जसमा छात्रछात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएको हो ।
हिसान कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
हिसान कास्कीमा ४० हजारभन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायत संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१