आइसिसी प्रतिनिधि भन्छन्– पोखरामा न्यूनतम मापदण्ड आवश्यक

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८१
icc cricket.

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिले पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकनपछि आगामी यू–१९ विश्वकप महिला क्रिकेटका लागि न्यूनतम मापदण्ड नभएको बताएका छन् । उनीहरुले यहाँको मैदान हावापानी सुहाउँदो र राम्रो भए पनि भौतिक पूर्वाधार केही पनि नभएकोमा निराशा व्यक्त गरे ।

आइसिसीका सिनियर म्यानेजर रोहित पोड्दार, डेभलपमेन्ट अफिसर मोहम्मद एमिनुल इस्लाम नेपाल, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्कासहितको टोली पोखरालाई सन् २०२७ मा विश्वकपको भेन्यू बनाउन सकिने सम्भावनाबारे बुझ्न मंगलबार पोखरा आएको थियो ।

टोलीले क्रिकेट मैदान अवलोकनसहित गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छुट्टछुट्टै भेटघाटसमेत गरेको छ ।
बुधबार पत्रकार सम्मेलनमा उनीहरुले बेसिक पूर्वाधार हुनुपर्नेमा जोड दिए । जसमा कम्तीमा खेलमैदान, पिच, आउट फिल्ड, साजसज्जा, ड्रेसिङ रुम, होटल तथा आवास, सडक पूर्वाधार, तत्कालिक मौषम, ब्रोडकास्टर, मिडिया लगायत सुविधा हुनुपर्नेमा जोड दिए ।

बंगलादेशका पूर्व क्रिकेट क्याप्टेनसमेत रहेका आइसिसी प्रतिनिधि इस्लामले पोखरालाई महत्व दिएर अवलोकनका लागि यहाँ आएको उल्लेख गरे । उनले यहाँ सुविधासम्पन्न मैदानहरु हुन सके आगामी वर्षहरुमा उपल्लोस्तरका बल्र्डकपको पनि सम्भावना हुँदै जाने औंल्याए ।

आइसिसीका सिनियर म्यानेजर रोहित पोड्दारले मापदण्डअनुसार क्रिकेट मैदान निर्माणमा ठूलो रकम आवश्यक पर्ने भएकोले छोटो समयमै पूरा हुन कठिन हुने चुनौती पस्के ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाल र बंगलादेश सहआयोजक भएकाले आफूहरुले नेपालमा जसरी पनि गेम गर्ने बताए । त्यसका लागि पोखरा सेकेण्ड प्रायोरिटीमै रहेको उनले दोहो¥याए ।

पत्रकार सम्मेलनमा उनले आइसिसीको लागि न्यूनतम दुई भेन्यू काठमाडौं र पोखरा हुन पाए हुन्थ्यो भन्ने आफूलाई पनि लागेको बताए । उनले भने, ‘आइसिसीले तीन÷चार वटा भेन्यू भरिहेकोमा अनिवार्य दुई भेन्यू हेरिरहेका छौं । आइसिसीका प्रतिनिधि यहाँ आउने एउटा एजेण्डा यो पनि हो । यस्तै, नेपालको क्रिकेट विकासमा उहाँहरुसँग काठमाडौं फर्केर क्यान पदाधिकारी र बोर्डसँग छलफल पनि गर्नेछौं ।’

उनले त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो क्रिकेट मैदान भए पनि क्रिकेट देशभरि फैलिनुपर्नेमा क्यानको जोड रहेको बताए । उनले विश्वकप क्रिकेटका कारण नेपालको अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पर्छ भन्ने कुरा नेपाली दलहरुले बुझ्न जरुरी रहेको बताए ।

गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट मैदानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को यसअघि मास्टर प्लानमा १ अर्ब ७७ करोडको डिपिआर थियो । ठूलो लागत लाग्ने भएपछि त्यसलाई परिवर्तन गर्न उनीहरु नमानेको स्मरण गरे । तर, कम्तीमा हाललाई न्यूनतम आवश्यकता पूरा गर्ने गरी यू–१९ महिला विश्वकप खेलाउन सकिनेतर्फ आफूहरुको जोड रहेको बताए । तत्काललाई कम्तीमा ३ करोड जति आवश्यक पर्छ । ‘पोखरालाई पर्यटनको राजधानीमात्र नभई, खेलकुदको पनि हब बनाउन चाहन्छौं,’ सिग्देल भन्छन्, ‘सरकारले सहयोग गरेमा हामीहरु दुई वटामात्र नभई तीन वटा ग्राउण्ड बनाउन सक्छौं ।’ पोखरा–२९, पट्नेरीमा मैदान निर्माणका सिफारिस गर्दै यसअघि अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइएको थियो । उनका अनुसार तनहुँको शुक्लागण्डकीमा पनि क्रिकेट मैदानको सम्भावना छ ।

Related News

सम्बन्धित समाचार

  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…
  • पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । यही २९ मंसिरदेखि…
  • टेनिसमा १० देशका खेलाडी

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुँदैछ ।…
  • १८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ तयारीमा जुटेको छ । यही मंसिर…

hero news full width

trending post