पोखरा । पोखरा–२५, हेमजाको साझाचोकदेखि तिब्वतीयन क्याम्पसम्म सडक स्तरोन्नति थालिएको छ ।
उक्त कार्यको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मंगलबार शुभारम्भ गरे ।
करिब १ दशमलव ७ किमी सडकखण्ड डबल लेनको सुविधा सम्पन्न बन्नेछ ।
६ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त सडक ओएस इन्जिनियरिङ डिएनएस जेभिले ४ करोड ७९ लाख ५८ हजार ९ सय ८३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
सम्झौतामा निर्माण कम्पनीले आगामी २०८२ कात्तिक १३ सम्म बाटो सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । १ हजार ७ सय मिटर सडकमध्ये १ हजार २ सय मिटर सडक ११ मिटर चौडाइको बन्नेछ भने बाँकी १३ मिटर चाक्लो हुनेछ । दुबैतर्फ नालामाथि स्ल्याबसहितको फुटपाथ तथा सडकमा २ सेन्टि मिटरको प्रिमिक्स पिच हुने जनाइएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटो स्तरोन्नतिका लागि बजेटको समस्या नपर्ने प्रतिबद्धता जनाए । निर्माण कम्पनीले समयमा नै यो काम सम्पन्न गर्नुप¥यो प्रमुख आचार्य भने, ‘काम सम्पन्नसँगै बजेटको पनि सुनिश्चता गर्दछौं । ढुक्क भएर काम गर्नुहोस् ।’
महानगर प्रवक्तासमेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले हेमजामा गौरवका योजनाहरु धमाधम सुरु भएको जानकारी दिए ।
उनले पोखरा–बागलुङ राजमार्गको वैकल्पिक रुपमा रहेको साझाचोकदेखि तिब्वतीयन क्याम्प सडकखण्डको चाक्लाबन्दी तथा स्तरोन्नति पनि गौरवको योजना भित्रै रहेको औँल्याए । बाटो समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन सहयोग गर्न सरोकारवाला सबैसँग उनले आग्रह पनि गरे ।
बाटोसँगै स्थानीय चौरासी नहर पूनःनिर्माण, सुइँखेत खोला डुवान नियन्त्रण एवम् तटबन्धन निर्माण लगायतका गौरवका योजनाको काम पनि धमाधम भइरहेको उनले अवगत गराए ।
त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, तत्कालीन हेमजा गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, पूर्व उपाध्यक्ष धर्मराज बास्तोला, वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डे, वडा कार्यालयका सूचना अधिकारी ईश्वरीप्रसाद बास्तोला, निर्माण व्यवसायी बालकृष्ण श्रेष्ठलगायतले सडकको महत्वबारे प्रकाश पारे ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१