पोखरा । नवलपुरको यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको बुधबार निर्देशनपछि कार्यालयले सेवा सुधारको योजना बनाएको हो ।
मन्त्री केसी बुधबार सो कार्यालय निरीक्षणमा पुगेका थिए । त्यहाँ सेवाग्राहीले हरेक कामलाई लाइन बस्नुपर्ने झन्झट भएको गुनासो गरे । त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख सुरेश जैसवाललाई दुई दिन तयारी गरेर टोकन प्रणालीको सुरुवात गर्न निर्देशन दिए । निमित्त प्रमुख जैसवालले आवश्यक तयारी गरेर निर्देशनअनुसार काम गर्ने बताए ।
मन्त्री केसीले यातायात कार्यालयका सेवा प्रवाहको अवस्था, कार्यालयको समस्याको विषयमा कार्यालयका कर्मचारीसँग ब्रिफिङ लिए । नि. प्रमुख जैसवालले लाइसेन्ससम्बन्धी सम्पूर्ण सिस्टम यातायात व्यवस्था विभागमा रहेको र सच्याउने अधिकार पनि नभएको गुनासो गरे । ‘कहिलेकाहीँ केही विवरण बिग्रियो भने सच्याउन पर्छ तर हामीले विवरण अपडेट गरेपछि हाम्रो हातमा केही हुँदैन । त्यो सच्याउने अधिकार पनि हामीलाई छैन,’ उनले भने ।
कहिलेकाहीँ विभागको सिस्टम नचल्दा सेवाग्राहीले गुनासो पोख्ने र चाप बढ्ने गरेको नि.प्रमुख जैसवालले बताए । उनले लिखित र ट्रायल परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिँदै आएको जानकारी गराए । नि. प्रमुख जैसवालले गत आर्थिक वर्षमा ३३ करोड रुपैयाँ, चालु आर्थिक वर्षको चार महिनामा कार्यालयले साढे ८ करोड रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए ।
ब्रिफिङपछि मन्त्री केसीले सर्भर समस्या देशव्यापी भएको तर विभागीय मन्त्रीको हैसियतले यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराउने बताए ।
ब्रिफिङपछि मन्त्री केसीले लाइसेन्स विषय निस्किएपछि कड्किए । कार्यालयको बारेमा आफूले सकारात्मक कुरा नसुनेको भन्दै सचेत गराए । ‘लाइसेन्सको बारेमा मैले कार्यालयको बारेमा राम्रो सुनेको छैन । दायाँबायाँ गरेको अब सुन्न नपरोस्,’ मन्त्री केसीले चेतावनी दिए,‘भोलि प्रमाणसहित फेला प¥यो भने बहानाबाजी चल्दैन । अख्तियारले समात्यो भने तपाईंहरुलाई पनि नराम्रो हुन्छ । मन्त्रालय र प्रदेश सरकारलाई पनि नराम्रो हुन्छ ।’ जवाफमा कार्यालयका कर्मचारीले बाहिर भनिएजस्तो अनियमित काम नहुने गरेको बताए ।
लाइसेन्स र ट्रायलमा गडबडी नगर्न, सेवाग्राहीलाई दुःख नदिन र सेवा लिँदा सहज वातावरण बनाउन, आफूले मन्त्री भएपछि हेल्प डेस्क राख्ने भनेर गरेको पहिलो निर्णयलाई निरन्तरता दिन मन्त्री केसीले कर्मचारीलाई निर्देशन दिए ।
भौतिक मन्त्री केसीले बुधबार नै पूर्वाधार विकास कार्यालय, नवलपुरको पनि निरीक्षण गरे । त्यहाँ मन्त्री केसीलाई कार्यालय प्रमुख कृष्ण आचार्यसँग चालु आवको योजना कार्यान्वयनको अवस्थाबारे जानकारी गराए । उनले चालु आर्थिक वर्षका योजनामध्ये १ सय ३ योजना कार्यान्वयनको अवस्थामा रहेको बताए ।
मन्त्री केसीले चालु आर्थिक वर्षको ठेक्का लगाउन बाँकी योजनाको काम पनि मंसिरभित्रै सक्न निर्देशन दिए । निरीक्षणमा मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँ पनि सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१