पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय मावि, पोखरा–१ ले आयोजना गरेको कास्की जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधि एजुकेशन फाउण्डेशन (केफ), माविले उपाधि जितेका छन् ।
सोमबार छात्रतर्फ फाइनलमा माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुरुकुलले उपाधिसँगै ५० हजार, ट्रफी र मेडल हात पारेको हो । उपविजेता माउण्ट अन्नपूर्णले ३० हजार, तेस्रो भएको न्यू ग्यालेक्सीले १५ हजार साथमा ट्रफी र मेडल पाए ।
गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार र मेडल जिते ।
यसैगरी, छात्रातर्फ केफले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भएको हो ।
उपविजेता शान्ताले ३० हजार, तेस्रो पश्चिमाञ्चल माविले १५ हजार साथमा ट्रफी र मेडल प्राप्त गरे । केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार र मेडल प्राप्त गरिन् ।
प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १३ टिमले भाग लिएका थिए ।
विद्यालयले हीरक महोत्सवकै अवसरमा छात्र–छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगितासमेत गरेको छ । छात्रतर्फ त्रिभुवन शान्तिका लक्सन पुर्जा पुन प्रथम भए । भद्रकाली माविका शंकर बिक दोस्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तेस्रो भए ।
सोही इभेन्टमा, छात्रातर्फ त्रिभुवन शान्तिकी शशी रानाभाट, गौरीशंकरकी डोल्मा छन्त्याल र राष्ट्रिय माविकी सञ्जिता बिक क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
दुवैतर्फ प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले जानकारी दिए ।
विजयीलाई प्रमुख अतिथि शिक्षा निर्देशनालय गण्डकीका नि.महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष बरुणविक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङ, शिक्षक–अभिभावक संघ अध्यक्ष रमेश पौडेल, विद्यालय प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटालगायतले पुरस्कार प्रदान गरे ।
पोखराको पुरानो स्कुल राष्ट्रिय माविले वर्षभरि विविधि कार्यक्रम गरी हीरक जयन्ती मनाउँदैछ ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१