पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिले मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकन गरेका छन् ।
आगामी सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल सहआयोजक हो । आइसिसीले नेपालसहित बंगलादेशलाई सहआयोजकको जिम्मा दिएपछि यहाँ पनि त्यसको तयारी सुरु भएको छ ।
आइसिसीका सिनियर म्यानेजर रोहित पोड्डर, डेभलप्मेन्ट अफिसर एमडी एमिनुल इस्लामसहित नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्कासहितको टोली पोखरा आएको हो । टोलीलाई पोखरा रंगशालामा स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल सहआयोजक रहेको विश्वकप तयारीका लागि पोखराको पूर्वाधार तयार पार्न र पोखरामा समेत खेल आयोजना गर्न सहयोगको अपील गरे । मेयर आचार्यले विश्वकपका लागि के–के पूर्वाधार आवश्यकता पर्नेबारे जानकारी दिन आग्रह गरे । टोलीले क्रिकेट रंगशाला अवलोकन गर्दै पिचमात्र राम्रो नभई, पूर्वाधार पनि आवश्यक पर्ने बताइएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपाल आइसिसीको लागि एक महत्वपूर्ण टिम भएको र दर्शकको क्रेज पनि पछिल्लो समय बढेको उल्लेख गरे । ‘अब १७÷१८ महिना बाँकी छ । त्यस बेलासम्म आइसिसीको न्यूनतम मापदण्ड पूरा भए पोखरामा अवश्य खेल आउनेछ । उनीहरु (आइसिसी प्रतिनिधि) पनि पोजेटिभ छन्,’ टोलीसँग संक्षिप्त छलफलबारे जानकारी दिँदै सिग्देलले भने ।
उनले भने, ‘खेलका लागि आइसिसीले ५ सहर मागेकोमा काठमाडौंपछि पोखरा दोस्रो हुने कि चितवन दोस्रो हुने ? भन्नेमात्र हो । यदि पोखरामा खेल नआए पोखराको क्रिकेट अझै १० वर्ष पछि धकेलिने निश्चित छ ।’
आइसिसी प्रतिनिधि टोलीलाई बुधबार पोखरा घुमाउने कार्यक्रम छ । टोलीले विश्वकपका लागि पोखरामा पाँचतारे र चारतारे होटलका कम्तीमा ३ सय रुम आवश्यक पर्ने जनाएको छ । त्यसबारे आफूहरुले भिजिट गराउने कार्यक्रम रहेको सिग्देलले बताए ।
विश्वकप आगामी वर्ष सन् २०२५ मा मलेसिया र थाइल्याण्डमा हुँदैछ ।
यसैबीच, नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई आफ्नो डगआउट मंगलबार हस्तान्तरण गरेको छ । पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदान रुपमा लिएको थियो । एभेन्जर्सले निर्माण गरेको डगआउट कास्की क्रिकेट संघलाई प्रदान गरिएको हो ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सिग्देलले डगआउट हस्तान्तरण गरकोमा कास्की क्रिकेट संघसँग एभेन्जर्सको सम्बन्ध थप सुदृढ भएको उल्लेख गरे । उनले पोखरामा प्रशस्त क्रिकेटको सम्भावना रहेको हुँदा तिनै तहका सरकारले मिसन–०२७ लाई ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा एभेन्जर्सका म्यानेजर किरणशमशेर राणा, ब्रान्ड म्यानेजर निशान राईले पनि मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल क्रिकेट संघ आयोजनामा एनपिएल यही १५ मंसिरदेखि काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
लेखनाथ बुमर्सको पहिलो जित
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१