पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट–२०८१ को मंगलबारदेखि औपचारिक सुरुआत भयो ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गरेका हुन् । उनले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए । उनले स्वास्थ्यका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्दै भने, ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीसिद्ध छ ।
खेलकुद र शिक्षा एकअर्काका पूरक भन्दै उनले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले १७ वर्षदेखि यसप्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गरे । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिंग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले प्रस्ट पारे ।
खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उनले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेको बताए । उनले सशक्त र पूर्वाधारसम्पन्न मुलुकलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित गरेको बताए ।
हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले खेलकुदले सबैलाई एकताबद्ध बनाउन सहयोग पुग्ने बताए । उनले राज्यले खेलकुदमा लगानी बढाउनेतर्फ ध्यान नदिएको गुनासो गरे ।
हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिट संयोजक यामबहादुर रोक्काले स्पोर्टस् मिट महोत्सवरुपमा अघि बढेको उल्लेख गरे ।
सो अवसरमा नेपाली राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाहीलाई नगदसहित सम्मान गरिएको थियो । भलिबल खेलमार्फत राष्ट्रलाई चिनाउन उनले पु¥याएको योगदानको कदर गर्दै नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, प्रदेश प्रमुख भट्टले कप्तान शाहीलाई आफ्नोतर्फबाट समेत नगद ५ हजार हस्तान्तरण गरे ।
सम्मानित शाहीले हिसान कास्कीप्रति आभार व्यक्त गर्दै युवा खेलाडीहरुलाई शिक्षासँगै खेलकुदमा लाग्न आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस् मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।
हिसान कास्की अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको कार्यक्रममा मयुर नाच प्रस्तुत गरिएको थियो ।
सो अवसरमा संस्थाले आयोजना गरेको अंगेजी–नेपाली निबन्ध लेखन प्रतियोगिताका विजयीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रम संचालन हिसान कास्की सचिव किरण सापकोटा र स्वागत कार्यक्रम संयोजक रोक्काले गरेका थिए ।
हिसान कास्कीमा आबद्ध प्लस टुतर्फ ६६ तथा कलेज र विश्वविद्यालय गरी १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस् मिटमा सहभागिता जनाउँदैछन् । सबै प्रतियोगितामा गरी कुल ४ हजारभन्दा बढी विद्यार्थी मैदान उत्रिदैछन् । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । विजेता विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मुख्य प्रायोजक आइएनजी ग्रुप हो । प्रतिभा माविले १५ औं र १६ औं संस्करणको उपाधि जितेको थियो ।
यसपालि १४ मंसिरसम्म चल्ने स्पोर्टस् मिटमा प्लस टु, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेल बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताअन्तर्गत अघिल्लो दिन सोमबार नै बास्केटबलका खेल सुरु भएका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१