पोखरा । दिगो विकासमा युवाको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । उनीहरुले नेतृत्वलाई उमेर समूहले मात्र अर्थ नराख्ने हुँदा नेतृत्वमा सोच, इच्छाशक्ति र स्पष्टता आवश्यक पर्ने बताए ।
हालै आयोजित पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा उक्त विचार व्यक्त भएको हो ।
पूर्व अर्थमन्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले दिगो विकासका लागि युवा नेतृत्व विषयमा आफ्नो भनाइ राखे ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामिला सल्लाहकार समेत रहेको डा.खतिवडाले दिगो विकासका लागि समाजमा रहेको चरम गरिबी हटाउनु पर्ने कुरामा जोड दिए । युवा विदेश पलायन हुने परिस्थिति मुख्यतया आयआर्जन नै भएको हुँदा गरिबी हटाउँदै अर्थतन्त्रको सुधारको लय समाउन सक्नुपर्ने बताए ।
कार्यपत्र प्रस्तुत गर्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत महेशराज दाहालले नेतृत्वलाई उमेर समूहले मात्र अर्थ नराख्ने हुँदा नेतृत्वमा सोच, इच्छाशक्ति र स्पष्टता आवश्यक पर्ने बताए ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता डा. चन्द्र भण्डारीले नेतृत्व परिवर्तनले नै साचो अर्थमा दिगो विकासको आधार तय गर्ने बताए । उनले युवाले नेतृत्व लिएमा आफ्नो आवश्यकता अनुसार विकासको काम गर्ने बताए ।
पोखरा जेसीजका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसीजका प्रकरण निर्देशक विजय बरालले सञ्चालन गरेका थिए ।
क्रिष्टल महलमा भएको कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, सदस्यहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिसमेत गरी २ सय ५० जनाको उपस्थिति रहेको पोखरा जेसीजका महासचिव तिलकप्रसाद लामिछानेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१